Advertisement

आईपीएलमा गुजरातको सानदार जित, राजस्थानलाई ५८ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो

Advertisement

काठमाडौं— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ।

नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गर्दै गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको राजस्थान १९.२ ओभरमै १५९ रनमा अलआउट भयो।

गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए भने जस बटलर र शाहरुख खानले समान ३६–३६ रन जोडे। राजस्थानका तुषार देशपाण्डे र महिश थेक्सनाले समान २/२ विकेट लिए। जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट हात पारे।

राजस्थानका लागि सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए। कप्तान सञ्जु सामसनले ४१ तथा रियान परागले २६ रनको योगदान दिए।

गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए भने रसिद खान र साई किशोरले समान २/२ विकेट झारे।

यो जितसँगै गुजरातले ५ खेलमा ८ अंक जोड्दै दिल्ली क्यापिटल्सलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली दोस्रो स्थानमा छ भने राजस्थान ५ खेलमा ४ अंकसहित सातौं स्थानमा झरेको छ।

आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज