Advertisement

प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी निर्वाचित, महासचिवमा घर्तिमगर

Advertisement

काठमाडौ- प्रेस सेन्टर नेपालको ५ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गिरीले ३ सय ६६ मत प्राप्त गर्दा रावलले १ सय ७५ मत प्राप्त गरे । गिरी यस अघि वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले अर्का उम्मेदवार सुदिप बर्देवालाई २ सय ८६ मतान्तरले पछि पार्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अधिकारीले ३ सय ९७ मत प्राप्त गर्दै बर्देवाले भने १ सय ११ मत प्राप्त गरेका थिए । अधिकारी यस अघि उपाध्यक्ष थिए भने बर्देवा केन्द्रीय सदस्य मात्रै थिए ।
संगठनमा ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष चयन भएका ५ जनामा अधिकारी सचिव, श्रेष्ठ उपमहासचिव र बाँकी ३ जना यस अघि पनि उपाध्यक्ष नै थिए ।

संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार दीपेन्द्र शर्मालाई २ सय ३१ मतान्तरले पछि पार्दै महासचिव निर्वाचित भएका हुन् । निर्वाचित घर्तीमगरले ३ सय ७९ मत प्राप्त गर्दा शर्माले १सय ४८ मत प्राप्त गरेका छन् ।

यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले पनि निकटतम प्रतिस्पर्धी बोमलाल गिरीलाई ९ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भएका छन् ।

सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित भएका छन् भने सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । यस्तै प्रदेशबाट निर्वाचित हुने सचिवमा कोशी प्रदेशबाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएका छन् । भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा भएको निर्वाचनमा वसन्त गिरी निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार डा: डक्टप्रसाद धिताललाई १ सय ४८ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । निर्वाचित गिरीले ३ सय ३५ मत प्राप्त गर्दा धितालले भने १ सय ८७ मत प्राप्त गरेका छन् ।

पदाधिकारी बाहेक प्रदेशबाट आउने केन्द्रीय सदस्य, आरक्षणबाट आउने केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी एवं सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ जनाको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिव सहित विभिन्न १२ पदमा प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । उनले १७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समिति संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ  । प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनको शनिवार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । प्रेस सेन्टर नेपालको इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो । निर्वाचनमा हेडक्वार्टर (एचक्यू) को तर्फबाट गिरी नेतृत्वको टिम प्रतिस्पर्धामा थियो भने जनार्दन शर्मा नेतृत्वको टिमबाट रावल प्रतिस्पर्धामा थिए ।

प्रेस सेन्टर नेपालको आयोजक समिति, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष, प्रतिनिधि र बाह्य मोर्चाका गरेर ८ सय २१ जना प्रतिनिधि रहेकोमा ६७ प्रतिशत अर्थात् ५ सय ५१ मत खसेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज