धनगढी, चैत ११ राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघको सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा प्रतियोगिता गर्ने जनाएको छ।
प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिता ‘राष्ट्रिय युवा संघ कप–२०८१’ नाम दिइएको छ। प्रतियोगितामा विजेता टिमलाई दुई लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। त्यस्तै, दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
कुँवरले प्रतियोगितामार्फत युवामा खेलप्रतिको रुचि बढाउनुका साथै सामाजिक एकता र अनुशासनको सन्देश दिन खोजिएको बताए। उनले प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।

