धनगढी- दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छन। जिल्लाको महाकाली नगरपालिका-१ छापरीमा सोही ठाउँ बस्ने ४६ वर्षीया जानकी कार्की चरेशसहित पक्राउ परेकि हुन् ।
कार्कीले संञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा पैसा राख्ने गल्ला भित्र १ सय ३६ ग्राम चरेश फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चरेशसहित उनलाई सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

