Advertisement

लुट्ने मनसायले नातेदारले नै गरेका थिए मुगु हत्याकाण्ड

Advertisement

मुगुको छायाँनाथ रारा नगरपालिका-६, मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा आफ्ना तीन सन्तान एक्लै हुर्काउँदै थिइन्।

एघार वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहर उनीसँगै बस्थे। श्रीमान दीपक रोजगारी सिलसिलामा कतारमा थिए।

दीपक गत मंसिरमा मात्रै कतार गएकाले यसपालि दसैंमा टीका थाप्न घर आएका थिएनन्।

श्रीदेवी र उनका छोराछोरीले कात्तिक ७ गते मुन्दुकै घरमा दसैं मनाए। त्यसपछि उनीहरू टीका थाप्न माइती गए। श्रीदेवीको माइती मुन्दुबाट दुई घन्टा दुरीमा छ।

उनी टीकाको दिन माइतीमै बसिन्। कात्तिक ८ गते साँझ ६ बजेतिर घर फर्किन्।

कात्तिक ९ गते दिनभरजसो श्रीदेवीको घरआँगन शान्त नै थियो। अरू बेलाजस्तो बालबच्चाको हल्लाखल्ला केही सुनिएको थिएन। घरमा ताला पनि लगाइएको थियो। त्यसैले श्रीदेवी माइतीबाट फर्किएको/नफर्किएको कसैले चाल पाएनन्।

कात्तिक १० गते बिहान भने छिमेकीलाई शंका लागेर ताला फोडे।

घर पूरै रक्ताम्य थियो।

श्रीदेवीको शव भान्सामा भेटियो भने अन्य बालबालिका पनि कोठामा मृत फेला परे। धारिलो हतियार प्रहार गरी उनीहरूको वीभत्स हत्या गरिएको थियो।

गाउँमा एकै परिवारका चार जनाको हत्यापछि कर्णाली प्रदेश प्रहरी कार्यालयले प्राथमिकतासाथ अनुसन्धान बढायो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापासँगै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको छुट्टाछुट्टै टोली खटिय

अनुसन्धानको जटिलता देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकाल आफैं मुगु पुगे।

तर सातादिन बित्दा पनि घटना कसरी भयो, किन भयो, कसले गर्‍यो; त्यसको कुनै सुइँको प्रहरीले फेला पार्न सकिरहेको थिएन।

प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ गर्‍यो तर कसैलाई पक्राउ गरेन।

यसबीच प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई घटनास्थलमा खटायो।

प्रहरीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको थियो। हत्या हुन सक्ने कारणहरू पनि केलाइरहेको थियो। विवाहेत्तर सम्बन्ध, लुटपाट, सम्पत्ति लगायतका कारण हुनसक्ने प्रहरीको अनुमान थियो।

छरछिमेकसँग सोधपुछ गर्दा मृतक श्रीदेवीको श्रीमानसँग राम्रो सम्बन्ध रहेको थाहा भयो। यसले विवाहेत्तर सम्बन्धले हत्या निम्त्याएको हो भन्नेमा प्रहरीलाई त्यति शंका लागेको थिएन।

घटनास्थलबाट केही सामान हराएको हुनसक्ने प्रहरीको शंका थियो। यसले कोही नजिककै व्यक्तिबाट हत्या भएको हो कि भन्ने अनुमान गरिएको थियो।

यसरी अनुसन्धानको घेरा साँघुरो पार्दै जाँदा प्रहरीले त्यही गाउँबाट दुई जनालाई पक्राउ गर्‍यो।

पक्राउ पर्नेहरू २६ वर्षीय गोपाल बोहरा र बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन्। गोपाल श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन्। गोपाल यसका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गाउँमा सम्पत्तिको हिसाबले मृतक परिवार अरूभन्दा धनी मानिन्थ्यो।

‘श्रीमान कतार बस्थे। उनले त्यहाँ बसेर महिनामा लगभग डेढ लाख जति कमाउने रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘गोपालसँग खासै सम्पत्ति केही थिएन। अल्लारे भएर हिँड्ने खालका व्यक्ति हुन्।’

श्रीमान विदेशमा रहेकाले श्रीदेवीको घरमा ठूलो धनसम्पत्ति हुनुपर्ने गोपालको अनुमान थियो। उनी थुप्रै सुन र नगद पाउने आशामा थिए। यही लोभमा उनले गोरखबहादुरसँग मिलेर श्रीदेवीको हत्या गर्ने योजना बनाए।

प्रहरीका अनुसार उनीहरूले पहिलोपटक हत्या गर्ने प्रयास गत जेठमै गरेका थिए। तर योजना बनाए पनि त्यस बेला हत्या र लुटपाट केही गरेनन्।

‘योजना धेरै पहिले बनेको थियो। जेठमै मार्ने भनेका रहेछन्। तर त्यति बेला श्रीदेवी गर्भवती थिइन्,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘गर्भवती भएकाले उनीहरूले हत्या नगरेको भनेका छन्।’

त्यसपछि गत असोजमा एकदिन भेटेर उनीहरूले फेरि हत्या गर्ने योजना बुने। त्यस बेला उनीहरूले कात्तिकमा दसैंपछि हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ।

योजनाअनुसार नै दसैंमा टीका थापेर फर्किएकी श्रीदेवी र तीन सन्तानलाई उनीहरूले पछ्याएका थिए। जसै उनीहरू घर पुगे, गोपाल र गोरखबहादुरले भित्र पसेर चारै जनाको वीभत्स हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि गोरखबहादुरले श्रीदेवीको मोबाइल फोन र कानका गहना लिए। घरमा अरू नगद र गहना भने फेला नपरेको प्रहरीको भनाइ छ।

‘पैसा भेटिएको देखिएन। तर कानमा लगाएको अन्दाजी दुई तोलाको सुन लिएर गए। फोन र हत्यामा प्रयोग गरिएको हतियार पनि लिएर गए,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘सुन फेला परेको छैन।’

हत्यापछि घरमा ताला लगाएर उनीहरू निस्किएका थिए।

घटना बाहिरिइसक्दा पनि गोपाल त्यहीँ वरिपरि नै देखिएका थिए। कोहलपुरका गोरखबहादुर भने भागिसकेका थिए। श्रीदेवीको फोन उनकै साथमा थियो। त्यही फोनबाट उनले कतारमा रहेका दीपकलाई घटनास्थलका तस्बिरहरूसमेत पठाय ।

आफ्नो परिवार नै सखाप हुने गरी घटना भएको थाहा पाएपछि दीपक नेपाल फर्किएका छन्। उनी मानसिक रूपमा विक्षिप्त छन्।

यता प्रहरीले दुई अभियुक्तविरूद्ध जिल्ला अदालत मुगुबाट कर्तव्यज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज