सुरेन्द्र खत्री बझाङ ।
उमेरले हेर्दा कलिलो तर जिम्मेवारीले अब्बलमा कहलिन्छन् सत्यराज उपाध्याय , २८ वर्षीय उपाध्याय अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बझाङ जिल्ला सभापति हुन् ।
अब फर्कियौ उनको बाल्यकाल तर्फ
गाउँमा दादुरा लागेर धेरै बालबालिकाहरुको मृत्यु हुने गर्थ्यो । त्यसै महामारीको समय २०५४ सालमा सत्यराज उपाध्यायको जन्म भयो । उनको जन्महुदाँ परिवार खुशी पनि थिए र दु:खी पनि । किन भने त्यो बेला जन्माउन सकिन्थ्यो तर दादुरा बाट बालबालिका बचाउन निकै गारो हुन्थ्यो । २०५७ साल तिरको कुरा हो,, उनी ३ वर्षको थिए होला त्यो समयपछि उनको घरमा ठुलो बाढी आएर क्षती बेहोर्नु पर्यो । सम्पन्न परिवारका उनको पैसा घर , खेत , जग्गाजमिन बाढीले क्षती गरेपछि परिवारले शुन्य बाट सङ्घर्ष गर्नु परेको उनले भने । त्यो पिडा सेलाउन नपाउँदै फेरि उनकी आमा भिर बाट लडेर ५/६ वर्षको उमेरमै आमा गुमाउन पुगे सत्यराज । उनी भन्छन आमा गुमाएपछि भने आमाको माया दिएर हजुरआमाले स्याहार सुसार गरेकी थिइन् । त्यो बेलामा विधालय ढिलै लगाउन्थे उनी ढिलै उमेरमा विधालय गएका थिए । उनले प्रारम्भिक शिक्षा चाहीँ घर नजिकैको विधालय भैरव आधारभुत विद्यालय माझेसैन बाट गरे । माध्यमिक तह पढ्नको लागी भने गाउँभन्दा पारी सुवेडा जानु पर्दथ्यो । सत्यराजले कक्षा ९ र १० भने सुनीपिपलचौर माध्यमिक विद्यालय सुवेडा बाट गरेर उच्च शिक्षा अध्ययनका लागी प्रदेश राजधानी धनगढी छिरे । सानैदेखी हरेक विषयमा विद्रोही स्वभावका सत्यराज कम्युनिस्ट पार्टीमा आकर्षित भए । त्यो बेला ६२/६३ को जनआन्दोलन पछिको संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दीमा ग्याँस सम्म नपाइ विद्यार्थी जिबनमा भोकै बसेको अनुभवले पनि उनलाई राजनीति प्रती धेरै नै अग्रसर हुन बाध्य गरायो ।
उनी भन्छन त्यसपछि २०७० सालतिर कंचनपुर बाट राजनिति सुरु गरेर एमालेको विधार्थी संगठन अखिलको बझाङ जिल्ला सदस्य , बझाङ काठमाडौ अखिल सम्पर्क कमिटी कोषाध्यक्ष भएर काम गरे । मलाई एमसिसी फिटिक्कै मन परेन किनकि जनताका हित विरुद्धको सम्झौतामा मौन रहेर एमालेले पनि सहयोग गर्यो । मन नपरेपछि एमसिसीको खुलेर विरोध गरे फलस्वरूप एकदिन भएपनि जेल परे । ३ वर्षिय ल्याव टेक्निसियन पढेर जागिर गर्न थाले पहिला विचमा पढाइलाई निरन्तरता नदिएपनि अहिले व्याचुलर रनिङमा छन् । उनले भने परिवार पनि राजनिति तिर सक्रिय थियो त्यसैले पनि म राजनितिमा सक्रिय भए । देशको मेरुदण्ड नै राजनीति हो र यो नै सहि हुन सकेन भने देश खतरामा हुने महसुस गरिसकेपछि उनी आफु जत्तिको युवा हरु नै जाग्नुपर्छ भन्ने भावनाले नेकपा एमालेको राजनिति त्यागेर स्वतन्त्र नागरिक भएको उनी भन्छन । आफ्नो गाउँ ठाउँ को लागि हामी नै अगाडी सरेनौ भने देश नै नरहने पो होकि? हज्जारौं हजार युवा हरु दिनानुदिन बिदेशीनेको लर्को देखे , देशमै गरि बसिखाने बाटो को ग्यारेन्टी राज्यले गर्न नसकेको देखे उनले । उल्टै भ्रष्टाचार मौलाउने, पुराना राजनीतिक दलहरु जनप्रती गैरजिम्मेवार हुदैँ गए, जसका विरुद्ध आफु उभिनु पर्छ ठानेर राजनीति बाट मात्रै यसको अन्त्य गर्न सकिन्छ कि भनेर जागीरे जीवन बाट पछि हट्दै जनता लागि बाँचुन्जेल सार्वजनिक मान्छे भएर बाच्ने उनले अठोट गरेका थिए । उनी भन्छन विगतमा कोभिड जस्तो महामारी,क्षयरोग अन्त्यका लागि स्वास्थ्यकर्मी भै काम गरेको थिए ।
२०७९ सालको स्थानिय तहको निर्वाचनमा उनले भने आफ्नै गृह वडामा वडा लड्नका लागि काठमाडौंबाट जागिर नै छोडेर गाउँ छिरेको थिए । तर आफु भन्दा उपयुक्त उम्मेदवार भेटाएपछि मैंले स्वतन्त्र उम्मेदवार उठेका प्रेम थापालाई सहयोग गरे चुनाव पनि जित्यौ । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता पनि भएको थिएन । २०७९ सालको स्थानिय तहको निर्वाचन सकिएपछि धेरै ठाउँहरूमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेर आएपछि प्रदेश र संघको चुनाव अगाडि नै रास्वपा भन्ने दल दर्ता गरे चुनावमा भाग लिए । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ वटा सिट ल्याएर चौथो दलको रुपमा स्थापीत भयो तर बझाङ जस्ता शैक्षिक गुणस्तर कमजोर भएका ठाउँमा भने कुनै प्रभाव नपारेको उनेले भने । उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना काल देखी नै पार्टीमा लागिरहे बझाङ बाट भने प्रतिनिधि सभाको उम्मेदवारलाई जिताउन सकेनन । सुरुवाती चरणमा उनी संग ४/५ जना मात्र थिए बझाङमा पार्टी संग जोडिएका मान्छेहरु तर अहिले त सदस्यहरु ठुलो सङ्ख्यामा छन् ।
उनको सङ्घर्ष देख्दा पार्टीले पनि उनलाई जिल्ला सचिवको पद दियो । आन्दोलनको अग्र मोर्चामा उभिएर आफ्ना पार्टीका सभापति जेल पर्दा कार्तिक ३ गते माइतीघर मण्डलाको आन्दोलनमा “सारङ्गी रेटौला,८४ मा भेटौला” जस्ता नारा लगाएर चर्चामा आएका थिए । त्यसपछि पुस ३ गतेको बझाङ जिल्ला अधिवेशन बाट देशकै कान्छो सभापति बने । धेरै सदस्यहरु जोडेर पार्टी पनि मजबुत हुन थालेपछि उनलाई अहिले जिल्ला सभापतिको जिम्मेवारी दिइएको पार्टी निकट नेताहरुको भनाई छ । अहिले उपाध्याय देशकै कान्छो जिल्ला सभापतिको रुपमा स्थापित भएका छन् । उनले भने मलाई केन्द्र ,प्रदेश भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी बझाङका नेता कार्यकर्ताहरुको रोजाईमा म मात्र परे । म जस्तोसुकै चुनौती सँग सामना गर्ने , सहि गलत आफ्नो वा अरु जोसुकैको खुला रूपमा उठाउन सक्ने, बिद्रोही भावना र संगठनका लागि सबै कुरा त्याग गर्न सदैब तयार भएर उनले भने नेता कार्यकर्ताहरुले मलाई सभापति रोजे । निकै चुनौतीपूर्ण समयमा पनि उनले जिम्मेवारी लिएका हुन् । पछिल्लो समय सबैको साथ सहयोग लिएर अगाडि बड्दै गएपछि नेताहरुले सहयोग पनि गरिरहेका छन् ।
उनी भन्छन म देश र जनतालाइ शिरोधार्य गर्दै, भ्रष्टाचारको अन्त्य , राजनीतिक स्थिरता , आर्थिक पार्दर्शिता, सुशासन , बेरोजगारीको अन्त्य, जवाफदेहीता, उत्पादन मुलक शिक्षा, गुणस्तरीय स्वास्थ उपचार , नेपालमै कृषिमै आधारित हुने गरि व्यावसाय मुखी, औद्योगिक क्रान्ती, प्रविधिको बिकास तथा समग्रमा जनताका स_साना आधारभूत आवश्यकता नै मेरो पहिलो प्राथमिकता हो। उनले आफ्नो तर्फबाट गर्न सक्ने हरेक कदमका लागि निरन्तर लागि रहने बताएका छन् ।

