Advertisement

प्रणय दिवस हरेक वर्ष फेब्रुअरी १४ मै किन्?

Advertisement

कञ्चनपुर,फागुन २। प्रणय दिवस (Valentine’s Day) हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ। यो दिनलाई विशेष रूपमा प्रेम, स्नेह, र आपसी सम्बन्धको सम्मान गर्नका लागि मनाइन्छ। प्रेमी–प्रेमिका, पति–पत्नी, परिवार, साथीभाइ र प्रियजनहरूबीच माया प्रकट गर्नका लागि यो दिन महत्वपूर्ण मानिन्छ।
३औँ शताब्दीको रोममा सम्राट क्लाउडियस द्वितीयको शासनकालमा सैनिकहरूलाई विवाह गर्न प्रतिबन्ध लगाइएको थियो। तर, सन्त भ्यालेन्टाइनले गोप्य रूपमा प्रेमी जोडीलाई विवाह गराइदिन्थे।

यही कारण उनलाई पक्राउ गरी फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो। उनको बलिदान र प्रेमप्रतिको सम्मानमा यो दिन Valentine’s Day को रूपमा मनाइन्छ।
प्रारम्भमा प्रणय दिवस रोमन क्याथोलिक परम्पराबाट सुरू भएको भए पनि आज यो विश्वव्यापी रूपमा मनाइन्छ। पछिल्लो समयमा यो केवल प्रेमी–प्रेमिकाबीचको सम्बन्धलाई सीमित नरही परिवार, साथीभाइ र सामूहिक सम्बन्धहरूमा पनि लागू भएको छ।

प्रेम, सद्भाव, आपसी सम्मान र सहअस्तित्वको महत्व बुझाउछ
व्यक्तित्व, संस्कृति र समाजको विविधतालाई माया र सद्भावको माध्यमबाट एकतामा बाँध्ने प्रचलन रहेको छ।

तर हालको परिप्रेक्ष्यमा सामाजिक सञ्जाल र ग्लोबलाइजेसनका कारण प्रणय दिवसले व्यावसायिक स्वरूप पनि लिएको छ। विभिन्न देशहरूमा प्रेम, मित्रता, र आपसी सम्बन्धलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम, गिफ्ट, कार्ड र सन्देशहरू आदान–प्रदान गर्ने गरिन्छ।
प्रणय दिवसले प्रेम र आपसी समझदारीलाई सम्मान गर्ने सन्देश दिन्छ। यो दिनले केवल प्रेमीहरूबीचको सम्बन्ध मात्र होइन, सबै किसिमका सकारात्मक मानवीय सम्बन्धको मूल्य बुझाउँछ।

 

(लेखक पत्रकार बिरेन्द्र बाघ अभिमन्यु हुन )

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज