Advertisement

बझाङमा सात दिने कबड्डी रेफ्री तालिम सुरु

Advertisement

बझाङ, माघ २१ – बझाङ जिल्लामा कबड्डीसम्बन्धी सात दिने रेफ्री तालिम सञ्चालन गरिएको छ। जिल्ला खेलकुद विकास समिति बझाङको आयोजनामा सदरमुकाम चैनपुरस्थित समन्वय समिति सभाहलमा तालिम आजदेखि माघ २७ गतेसम्म चल्ने छ।

तालिम उद्घाटन केदास्यु गाउँपालिका अध्यक्ष गणेश बोहराले पानसमा बत्ती बालेर गर्नुभएको थियो। उहाँले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार कुनै कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, खेलकुद क्षेत्रलाई अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभयो।

कार्यक्रम जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुष्पलाल रोकाया ज्वालाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केदास्यु गाउँपालिका अध्यक्ष गणेश बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी, अन्तर्राष्ट्रिय रेफ्री रमेश चन्द ओझा लगायत प्रशिक्षक तथा खेलप्रेमीहरूको उपस्थिति थियो।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुष्पलाल रोकायाले पछिल्लो समय सरकार र खेलकुदबीच राम्रो सहकार्य हुँदै आएको उल्लेख गर्दै यस तालिमले जिल्लामा खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। तालिम अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागितामा भइरहेको हुँदा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

तालिम यही माघ २७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज