Advertisement

सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

Advertisement

डोटी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको बताएका छन्।

शुक्रवार डोटीमा आयोजित बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको धनी क्षेत्र भएको उल्लेख गरे। उनले भने, “सांस्कृतिक रूपमा धनी सुदूरपश्चिम अतिथिका लागि सम्मान गर्ने संस्कारले पनि भरिपूर्ण छ। यो भौगोलिक रूपमा हिमाल, पहाड, तराई समेटिएको अनुपम क्षेत्र हो।”

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम आउनुअघि आफूलाई “अप्ठ्यारोमा पार्लान्, ख्याल गर्नु होला” भनेर सतर्क गराएको प्रसंग सुनाउँदै भने, “यहाँ त अप्ठ्यारो पार्ने होइन, माया र सम्मान गर्ने मन भएका मानिसहरू बस्दा रहेछन्।”

उनले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई राज्यले अझै पूर्ण रूपमा नचिनाएको टिप्पणी गरे। “कस्तुरीले आफ्नो शरीरमा रहेको बिनाको सुगन्ध थाहा नपाएझैं, राज्यले पनि सुदूरपश्चिमको सुन्दरता चिन्न सकेको छैन,” उनले भने।

प्रदेश प्रमुख मियाँले सुदूरपश्चिमको साहित्यिक क्षेत्रको विकासका लागि संघ, प्रदेश, र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूलाई कला, साहित्य तथा संस्कृति सम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिन उनले सुझाव दिए।

साहित्यिक सिर्जना र सांस्कृतिक झाँकी प्रदर्शन

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रका स्रष्टाहरूले साहित्यिक प्रस्तुति राखेका थिए। प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्य चक्र बहादुर मल्ल र शिवसिंह ओली, डोटीका स्थानीय तहका प्रमुखहरू लगायतको उपस्थिति थियो।

कार्यक्रममा सुदूरपश्चिमको साहित्य, साहित्यिक पत्रकारिता, र डोटेली भाषाको संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो। विभिन्न सांस्कृतिक झाँकीहरूको आकर्षक प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बनेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज