Advertisement

नोभा हस्पिटलको सहयोगमा बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित ।

Advertisement

माघ १२, बेलौरी (कञ्चनपुर):

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. २ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नोवा अस्पताल प्रा.लि., धनगढी र बेलौरी नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित शिविरमा २०९ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिएका छन्। सेवाग्राहीमध्ये १४४ जना महिला र ६५ जना पुरुष रहेका छन्।

शिविरको उद्घाटन गर्दै बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. ललित चौधरी र विशेषज्ञ चिकित्सक डा. हरिस जोशीसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए। घुँडाको दुखाइ, हाडजोर्नी समस्या, नशासम्बन्धी रोग तथा मेरुदण्डका समस्या भएका बिरामीहरूको जाँच र उपचारमा बायोरोस उपकरण प्रयोग गरिएको थियो। साथै, बिरामीहरूलाई निःशुल्क औषधि वितरण र परामर्श पनि प्रदान गरिएको थियो ।

नोभा अस्पतालका प्रशासन  पदम राज भट्टका अनुसार, शिविरमा चेकजाँच गराइएका बिरामीहरूलाई अस्पतालमा आएर थप उपचार गराउन चाहनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। शिविरमा सहभागी बिरामीहरूले एक हप्ताभित्र अस्पतालमा आएमा ओपिडि टिकट निःशुल्क पाउनेछन्। साथै, अन्य चेकजाँचहरूमा २०% छुट प्रदान गरिनेछ।

वडा नं. २ का अध्यक्ष कलवीर चौधरीले शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुर्‍याउने बताए। “हाम्रो वडाका नागरिकहरूको स्वास्थ्यमा यस शिविरले सकारात्मक प्रभाव पारेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन वडा कार्यालयले सहयोग गर्नेछ,” उहाँले भन्नुभयो।

शिविर बिहान ११ बजेदेखि दिनभर सञ्चालन गरिएको थियो। स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी भएको आयोजकहरूले जनाएका छन्।

स्थानीय बासिन्दाहरूले यस्ता शिविरले स्वास्थ्य समस्या पहिचान र समाधानमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। “घरमै आएर उपचार सेवा दिनु हाम्रो लागि ठूलो राहत हो,” एक सहभागीले बताए ।

नोभा  अस्पताल प्रा.लि., धनगढी र बेलौरी नगरपालिका वडा नं. २ को संयुक्त पहलमा सम्पन्न यस शिविरले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा उदाहरणीय भूमिका खेलेको छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।

कार्यक्रमको समापनमा आयोजकहरूले सबै सहभागी र सहयोगीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सामुदायिक सहयोग आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँ...
अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज