Advertisement

नवजीवन अस्पताल र लिटल फ्लावर बोर्डिङ हाई स्कुलबीच सहकार्य: उपचारमा विशेष छुट

Advertisement

 

धनगढी-२, मिलन चोकस्थित लिटल फ्लावर बोर्डिङ हाई स्कुल र धनगढी-४, उत्तर बेहदीस्थित नवजीवन अस्पतालबीच विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, र स्कुलसँग सम्बन्धित व्यक्तिहरूका लागि विशेष उपचार छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतामा लिटल फ्लावर बोर्डिङ हाई स्कुलका प्रधानाध्यापक विवेक भट्ट, नवजीवन अस्पतालका मेडिकल निर्देशक डा. विदुर मणि ढकाल, र सीईओ चक्र खडायतले हस्ताक्षर गरेका हुन्।

प्रधानाध्यापक भट्टले भने, “गुणस्तरीय शिक्षा मात्र नभई स्वास्थ्य सेवामा पनि योगदान पुर्‍याउने उद्देश्यले यो सहकार्य गरिएको हो। यसले विद्यार्थी र उनीहरूका परिवारहरूको स्वास्थ्यलाई पनि सहयोग पुर्‍याउने विश्वास लिएका छौं।”

सम्झौताअनुसार, लिटल फ्लावर बोर्डिङ हाई स्कुलका विद्यार्थी, शिक्षक-शिक्षिका, कर्मचारी, र अभिभावकहरूले स्कुलको सिफारिसपत्र वा परिचयपत्रको आधारमा नवजीवन अस्पतालमा उपचार गराउँदा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउनेछन्।

नवजीवन अस्पतालका मेडिकल निर्देशक डा. ढकालका अनुसार, “समाजसेवा र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो उद्देश्यलाई यो सम्झौताले थप प्रोत्साहन दिनेछ।”

सम्झौताअनुसार उपलब्ध छुट सूची:

1.ओ.पी.डी.: ५० प्रतिशत छुट

2.ओ.टी. (शल्यक्रिया): १० प्रतिशत छुट

3.एम.आर.आई. र सिटी स्क्यान: १० प्रतिशत छुट

4.एन.आई.सी.यू./पी.आई.सी.यू.: १० प्रतिशत छुट

5.ल्याब र रेडियोलोजी: १० प्रतिशत छुट

6.एक्स-रे र माइनर प्रोसेस: १० प्रतिशत छुट

लिटल फ्लावर बोर्डिङ हाई स्कुलले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्तै क्रियाकलापलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज