Advertisement

कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

Advertisement

कैलाली, पुस २०

जिल्लाको विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ४ लाख ११ हजार ७५० बराबरको अवैध मालसामान प्रहरीले बरामद गरी भन्सार कार्यालय पठाएको छ।

फुलबारीमा मोबाइल ग्लास, साडी र प्याज बरामद

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित फुलबारी बसपार्कबाट अन्दाजी रु. २ लाख ६७ हजार ७०० मूल्य बराबरका विभिन्न मोबाइलका ग्लास, साडी र प्याज बरामद गरेको छ।

टिकापुरमा सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद

त्यसैगरी, प्रहरी चौकी सत्तीबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले टिकापुर नगरपालिका वडा नं. ७, डाँडाबोझीबाट अन्दाजी रु. १ लाख ३५ हजार ५०० मूल्य बराबरका सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद गरेको छ।

बिशालनगरबाट युरिया मल, चिनी र पानिपुरी फेला

त्यसैगरी, अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. २, ट्राफिक चोकबाट अन्दाजी रु. ११ हजार ५५० मूल्य बराबरका चिनी, युरिया मल, बिडी, मोटरसाइकलको ब्याट्री र पानिपुरी बरामद गरेको छ।

प्रहरीका अनुसार, बरामद गरिएका सामग्रीहरु कानूनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा पठाउने कार्य भइरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज