Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
कैलालीको चिसापानीमा जालपादेवी केबलकार शिलान्यास
Advertisement

कैलालीको चिसापानीमा जालपादेवी केबलकार शिलान्यास

Advertisement

कैलालीको कर्णाली–चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विशेष समारोहबीच गरेकी छन्। लम्की–चुहाँ नगरपालिका–३ स्थित आयोजनास्थलमा ३.१ किलोमिटर लामो केबलकार निर्माण कार्यको उद्घाटन गर्दै उनले यस परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन्।

परराष्ट्र मन्त्री देउवाले सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा, र जैविक विविधतामा धनी रहेको उल्लेख गर्दै केवलकार परियोजनाले समग्र समृद्धिमा टेवा पुग्ने बताइन्। आयोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको औंल्याउँदै उनले प्रदेशमा पर्यटन पूर्वाधारको विकासमा थप लगानीको आवश्यकता रहेको बताइन्।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले यस्ता परियोजनामा निजी क्षेत्रको संलग्नतालाई अपरिहार्य मान्दै स्वदेशी स्रोतको उपयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। मुख्यमन्त्री कमलबहादुर शाहले यो परियोजनाले साहसिक, धार्मिक, र मनोरञ्जन पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन पूर्वाधारमा लगानीले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, र आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए। परियोजनाअन्तर्गत बटम स्टेसनमा केवलकार, होटल, क्यासिनो, र बैंक्वेट हल निर्माण गरिनेछ भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, र अन्य मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिने योजना छ।

जालपादेवी केबलकारले सुदूरपश्चिमको विकास र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज