Advertisement

नेपाल औषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन बाट कृष्णबहादुर कुँवर निर्वाचित

Advertisement

अछाम, पुष ९ – नेपालऔषधि व्यवसायी संघ अछामको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट साँफेबगरस्थित धुर्वतारा फार्मेसीका प्रोप्राइटर कृष्णबहादुर कुँवर अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्।

संघको सचिवमा विमल कुँवर, कोषाध्यक्षमा पुष्प केसी तथा सदस्यहरूमा रामबहादुर भण्डारी, प्रवेश भण्डारी लगायत चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य पृथ्वीबहादुर बमले संघको महत्वपूर्ण भूमिका र औषधि व्यवसायको विकासमा यस अधिवेशनले सुदूरपश्चिममा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे। विशिष्ट अतिथिका रूपमा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रबहादुर लेखक तथा वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले संघको क्रियाकलापले औषधि व्यवसायीहरूलाई एकताबद्ध गर्न सहयोग पुर्‍याउने बताएका छन्।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष खेमराज भट्ट, डोटी शाखाका अध्यक्ष हिक्मत सिंह चोपडा, कञ्चनपुर शाखाका अध्यक्ष रामचन्द्र बुडा, कैलाली जिल्ला अध्यक्ष प्रेमराज विसीलगायत संघमा आवद्ध सदस्यहरू कमल खनाल र राजन बुढाको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष कृष्णबहादुर कुँवरले संघलाई बलियो र सक्षम बनाउन आफूले पहल गर्ने बताए। उहाँले भन्नुभयो, “औषधि व्यवसायीहरूबीच एकता, सहयोग, र व्यवसायिक विकास नै संघको प्रमुख लक्ष्य हुनेछ। हामी सँगै अघि बढेर समाजमा स्वास्थ्य सेवा सहज बनाउने प्रयास गर्नेछौं।”

कार्यक्रमको सञ्चालन विमल कुँवरले गरेका थिए भने स्वागत मन्तव्य प्रवेश भण्डारीले राखेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज