Advertisement

७० अर्ब लागतमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

Advertisement

काठमाडौँ —गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।

परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ ।

बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७.७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०.३० गिगावाट, सामान्य सुक्खा समयमा २४३.४३ गिगावाट र वर्षा समयमा १३०४.०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ । परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि ३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०.५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८.४० प्रतियुनिट र वर्षायाममा ४.८० प्रतियुनिट पर्नेछ ।

 

बूढीगण्डकीको बाँध क्षेत्र चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको ३ मा पर्ने मुख्य लगानीकर्ता कम्पनी साहसले जनाएको छ । लगानीकर्ताले परियोजना सम्पन्न गरी ०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सकिइसकेको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति र वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको जनाइएको छ ।

‘यस परियोजनाका मुख्य भौतिक संरचना भूमिगत रहेका कारण भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यून छ,’ टाइम्स इनर्जी व्यवस्थापनले भनेको छ, ‘यस परियोजनाका लागि आवश्यक सडकको ट्र्याक खुलिसकेको छ ।’

यस कम्पनीको मुख्य प्रवर्द्धकबाट यस परियोजनाभन्दा अघि पाँच मेगावाट क्षमताको रुरु जलविद्युत् परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् परियोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको बताइएको छ । ‘विद्युत् परियोजना निर्माणमा अनुभवी र सक्षम सञ्चालक समितिका साथै दक्ष र योग्य व्यवस्थापक समिति भएकाले बूढीगण्डकी परियोजनाको प्रतिफल पनि उच्च रहने आकलन गरिएको छ,’ टाइम्स इनर्जीको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज