अत्यधिक गर्मी प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी
संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु सम्बन्धी निकायले हाल देखिएको अत्यधिक गर्मीको अवस्था अझै तीव्र हुन सक्ने चेतावनी दिएको छ। यस्तो तापीय लहर (हीट वेभ) बाट जोगिन र सामना गर्न विश्व समुदायलाई तयार रहन सुझाव दिइएको छ।
विश्व मौसम सङ्गठन (WMO) का प्रवक्ता क्लेर नलिसका अनुसार, उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया गर्मी बढ्ने गर्दछ। तर यसपटक गर्मीयामको सुरुमै तीव्र तापक्रम देखिनु असाधारण भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार अत्यधिक गर्मी एक "शान्त तर घातक" प्रकोप हो, जसले आँधीबेहरी वा भीषण वर्षाजस्ता अन्य प्राकृतिक विपद्कै जस्तो मानवीय क्षति पुर्याउन सक्छ।
पश्चिम युरोपमा उच्च दबाब र अफ्रिकाबाट तातो हावा
पश्चिमी युरोप हाल उच्च वायुमण्डलीय दबाबको प्रभावमा परेको छ। यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनेको अवस्था सिर्जना भएको छ, जसले मानव स्वास्थ्य र दैनिक ...











