बझाङको केदारस्यूँ गाउँपालिका–४ सुदाडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार, पालिका उपाध्यक्षद्वारा उद्घाटन
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सुदाडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। लामो समयदेखि सौर्य ऊर्जामै निर्भर रहँदै आएका स्थानीय नागरिकले अब राष्ट्रिय प्रसारण लाइनको विद्युत् प्रयोग गर्न पाउने भएका छन्।
भदौ १५ गते आइतबार एक विशेष कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले गाउँमा स्थापन गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत् उद्घाटन गर्नुभयो।
बाजागाजासहित गरिएको उद्घाटन कार्यक्रममा स्थानीयवासीले विद्युत् आगमनले जीवन सहज हुने विश्वास व्यक्त गरे।
स्थानीय रबिन्द्र मल्लले विद्युत पुगेपछि बालबालिकाले सहजै लेखपढ गर्न पाउने, घरधुरीमा बत्ती बाल्न सकिने तथा उद्योगधन्दा सञ्चालन गर्न मद्दत पुग्ने बताए।
सुदाडामा शाखा लाइन विस्तार कार्य समेत सम्पन्न भइसकेकाले अब नेपाल विद्युत् प्राधिकरणबाट मिटर जडान गरी विद्युत् प्रयोग गर्न सकिने भएको छ। बागथला प्रशाखाबाट विद्युत् आपूर्...










