२६ बर्षदेखि राजनीतिमा सक्रिय चन्दको एमाले कैलालीको सचिवमा उम्मेदवारी
धनगढी - राजनितिमा कुनै न कुनै रुपमा फाइदा लिनकै लागी लाग्ने परिपाटी निकै बढेको छ । नेताको नजिक भएर योजना पाउन, सरकारी नियुक्ती खान, पहुँचमा भइरहन, अबैध कारोबार गर्न लगायत फाइदाका लागी मात्रै राजनितिमा होमिने धेरै छन् ।
तर इमानको राजनिति गर्ने हरु निकै कम भेटिन्छन् । राजनितिलाई सेवाका रुपमा लिएर बषौँ खर्चिएका इमान्दारितामा बिश्वास राख्ने एक हुन बिष्णु चन्द ।
हाल नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका चन्दले पार्टीमा बषौँ लगानी गरे । २०३८ साल जेठ महिना बैतडीको तत्कालीन ढुंगाड गाबिस वडा नम्बर ७ मा बुवा उद्धव चन्द कलावती चन्दको सुपुत्रका रुपमा जन्म लिएका चन्द सानै देखी सामाजिक सेवामा काम गर्ने सोचका ब्यक्ती थिए ।
चन्दले कक्षा ७ सम्म गाउँकै बिद्यालयमा अध्यायन गरे । २०५० सालमा बैतडीबाट धनगढी झरेका चन्दले कक्षा ८ सम्म धनगढीको सारदा माध्यमिक बिद्यालयमा अध्याय...

