Advertisement

हाम्रो बारेमा

आज यिँ प्रदेशमा हुनेछ वर्षा

आज यिँ प्रदेशमा हुनेछ वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २९...
डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

डडेल्धुराकि १४ वर्षिय आरतिको घाँटी थिचेर हत्या, यसरी भएको थियो घटना

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन्। डिए...
आज लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा

आज लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
काठमाण्डौ – आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली छ । त्यस्तै कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । भोलि पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा हल्क...
बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
तस्बिर : नेपाली सेना काठमाण्डौ – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायतसहित ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको अभ्यासमा सहभागिता थियो । सन् १९६० देखि  सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको हो । दुई दिनभित्र हतियारसहित झन्डै ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतको दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने गरेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाले सन् २...
बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं । बाढीपहिरोको दुई साताबित्दा पनि सरकारले क्षतिग्रस्त विद्यालयको विवरण नै संकलन गर्न सकेको छैन । दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको शिक्षा मन्त्रालयको प्रारम्भिक आकलन छ । दशैंपछि अस्थायी सिकाई केन्द्र-टीएलसी निर्माण गरेर ती विद्यालयको पठनपाठन पुन: सञ्चालन गर्ने योजना शिक्षा मन्त्रालयको छ । क्षति पुगेका विद्यालयको मर्मत र अस्थायी टहरा निर्माणका लागि सरकारले ५४ करोड बजेटको व्यवस्था गरेको छ । यही असोज ११ र १२ गतेको बाढीपहिरोबाट २८ जिल्लाका करिब दुई सय शिक्षण संस्थामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये पूर्णरुपमा क्षतिग्रस्त विद्यालय दुई दर्जनभन्दा बढी छन् । तर बाढीपहिरो गएको दुईसाता बित्दासमेत शिक्षा मन्त्रालयले काठमाडौंसहित प्रभावित जिल्लाको विवरण नै संकलन गर्न सकेको छैन् । क्षतिग्रस्त विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र-टीएलसी निर्माण गरि चाडपर्वलगत्तै...
दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव

दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – दशैँ पर्व विशेष पर्व भएकाले घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुन्छ । नयाँ लुगा लाउने, मीठो खाने पर्वका रुपमा दशैँलाई लिने गरिन्छ । पोषणविद्ले दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाव दिएका छन् । घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए स्वास्थ्यलाई फरक नपर्ने पोषणविद् राज शाक्य बताउनुहुन्छ । चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई हानी नोक्सानी नगर्ने उहाँको भनाइ छ । चिल्लो, पिरो, नुनिलोको मात्रा धेरै हुँदा अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुन सक्छ । स्वास्थ्यको ख्याल नगरी यस्ता खानेकुरा खानाले यो बेला मात्रै होइन अरू बेला पनि उस्तै असर गर्छ । तर विशेषगरी दशैँमा अलि धेरै नै परिकार बन्ने र खाने हुँनाले लगत्तै अस्पतालमा बिरामीमो चाप बढ्ने गरेको छ । पोषणविद् अनुश्री आचार्यका अनुसार पटकपटक प्रयोग गरिएको तेलमा तारेका खानेकुरा ...
आज कुन कुन ठाउँमा हुनेछ बर्षा

आज कुन कुन ठाउँमा हुनेछ बर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, समाचार
काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी र मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।...
कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

कैलालीमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन। जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन। बिहिवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ। उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ। हरिादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी हरेको बताएको छ।...
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्ने, पार्टि अध्यक्ष ओलिले भोलि शिलान्यास गर्ने

एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्ने, पार्टि अध्यक्ष ओलिले भोलि शिलान्यास गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको छ । बिहीबार बसेको विशेष सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा-२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुने बताए । उनले भने, ‘७२ को विनाशकारी भूकम्पले बल्खुमा पार्टी कार्यालय भवन चर्किएपछि हामी विभिन्न ठाउँमा कार्यालय सारिरह्यौ। अहिले पनि बाढीपहिरोले समस्यामा पारेपछि स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा-२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुन्छ।’ उनका अनुसा भोलि (शुक्रबार) १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको ...
मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ : सचिव भट्ट

मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ : सचिव भट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
कैलाली : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको विकास र संवृद्धि नेकपा एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली ,नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि पनि एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशका ठुलो विकास निर्माणमा परियोजना एमालेबाटै सुरु भएको र त्यसलाई एमालेले नै पुरा गर्ने बताए । ‘गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, दैजी छेला औद्योगिक क्षेत्र एमालेको उठाएका एजेन्डा हुन् हामी ती योजनाहरूलाई पुरा गरेर प्रदेशमा मात्रै होइन देशमा विकासको गति दिन चाहन्छौँ ’ उनले भने, ‘हामीले गरेका राम्रो कामहरूको प्रचार हुन सकिरहेको छैन ।’ संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डार...
कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

कैलालीबाट अछाम आउँदै गरेको गाडी दैलेखमा दुर्घटना , १३ जना घाइते

समाचार
अछाम —कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका –२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए । मंगलबार साँझ भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर , ५ जना मध्यम र ५ जना सामान्य रहेको भण्डारीले बताए । घाइते हुनेमा अधिकाशंको अछामका रहेका छन् । डिएसपी भण्डारीका अनुसार चालक फरार रहेका छन् । थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।...
कृषिमा सुधार ल्याउने – मन्त्री थापा

कृषिमा सुधार ल्याउने – मन्त्री थापा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
सुदुरपश्चिम प्रदेशका कृषि मन्त्रीले बझाङमा पुगेर कृषिमा सुधार ल्याउने बताउनु भएकाे छ । एक कार्यक्रमका बिच अनुगमनकाे क्रममा जिल्लामा आयाेजित कार्यक्रममा मन्त्री बिरबहादुर थापाले सुदुरपश्चिमकाे कृषि ब्यावसाय र कृषकलाई सहज हुने बाताबरण सृजना गर्दै सरकार अगाडि बढ्ने बताउनु भयाे । पशु विज्ञ्य सेवा केन्द्र बझाङकाे सभाहलमा आयाेजित एक कार्यक्रममा कृषकका गुनासा सुन्दै, आगामी दिनमा केही सुधार ल्याउने र कृषकलाई सहजहुने बाताबरण अगाडि बढाउने मन्त्री थापाले बताए । देश सघिय सग्रचनामा गएपछि प्रदेश सरकारकाे ७ बर्षे रणनीति भन्दै आफू मन्त्री भए पछि कृषकलाई केहि राहत हुने काम गरेको र पहिला भन्दा यस बर्ष राम्रो काम गरेको उनको भनाइ थियाे । आफुले सुदुरपश्चिमका सबै जिल्ला लाई सम्मान गरेको र वास्तविक कृषकलाई लाभ हुने काम गरेको बताउदै, नियमबद्ब रहेर काम गर्न जिल्लाका हाकिम लाई निर्देशन समेत दिनु भयाे । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज