प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको गृहजिल्ला डडेल्धुराबाट टेलिफोन संवाद गरेलगत्तै पार्टीका उपमहासचिव जनार्दन शर्माले बुढानीलकण्ठस्थित निवासमै पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
दुई सत्तारूढ दल कांग्रेस र एमालेबिच केही विषयमा मतभेद भइरहेका वेला विपक्षी दलका नेताहरूले देउवासँग संवाद गरेका हुन् । प्रचण्डको टेलिफोन वार्तालगत्तै शर्माले अलग्गै राजनीतिक भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यद्यपि, दुवै पक्षले दुई वार्ताको विषयवस्तुबारे प्रस्ट पारेका छैनन् । कांग्रेसले भने भेटलाई सामान्य शिष्टचारका रूपमा अथ्र्याएको छ ।
मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान उद्घाटनका क्रममा डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गर्...











