Advertisement

हाम्रो बारेमा

हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

हेलिकप्टर मार्फत अछाममा सुत्केरीको उद्धार

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, घटना, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
अछाम । यहाँको एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका– ६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा ल्याइएकामा सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।...
यी चार प्रदेशमा भारी वर्षा हुने, तराईका केही स्थानमा हावा हुरीको सम्भावना

यी चार प्रदेशमा भारी वर्षा हुने, तराईका केही स्थानमा हावा हुरीको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा, ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र लुम...
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।...
विश्वको वामपन्थी कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट नेताहरूको हर्कत :- ई बिनय शाह

विश्वको वामपन्थी कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट नेताहरूको हर्कत :- ई बिनय शाह

समाचार
आफ्नू अनुकूलतामा क्रान्ति भनेर व्याख्या पनि गरिन्छ र त्यही प्रतिकुलताका हिंसा भनेर डाको छोडिन्छ जुन मार्क्सवादी चिन्तन विपरीत छ। विज्ञानको वर्तमान परिस्थितिलाई बुझ्न नसक्ने व्यक्ति नामले मार्क्सवादी होला तर चिन्तनले जडसुत्रवादी रहन्छ जुन नेपाली कम्युनिस्ट चरित्रमा छताछुल्ल देखिन्छ। विज्ञानको वर्तमान परिस्थितिलाई बुझ्न नसक्ने व्यक्ति नामले मार्क्सवादी होला तर चिन्तनले जडसुत्रवादी रहन्छ जुन नेपाली कम्युनिस्ट चरित्रमा छताछुल्ल देखिन्छ। कम्युनिस्ट आन्दोलनको इतिहास १९औँ शताब्दीको प्रारम्भिक चरणदेखि नै सुरु भएको हो, जसले श्रमिक वर्गको उत्थान, आर्थिक समानता, र शोषणमुक्त समाजको परिकल्पना गर्‍यो। विश्वभरका विभिन्न देशमा कम्युनिस्ट आन्दोलनहरूले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्, जसले श्रमिक वर्ग र गरिबीको अन्त्यका लागि मार्ग प्रशस्त गरेका छन्। यद्यपि, नेपालको सन्दर्भमा, कम्युनिस्ट नेताहरू...
घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

घुसको काण्ड बाहिरिएपछी बुंगलका मेयरलाई नाराजुलुस सहित पालिका छोड्न चेतावनी

Breaking News 1, Breaking News 2, Breaking News 3, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकाका स्थानीयले मेयरलाई बुङगल नगरपालिका छाड्न चेतावनी दिएको हाे । आज एक कार्यक्रमका बिच नारा लगाउदै स्थानीय सरकार बुङगलका मेयरलाई राजिनामा दिन चेतावनी दिएको स्थानीय रामचन्द्र जाेशीले बताए ।   बुङगल नगरपालिका मेयर जयबहादुर धामीले स्थानीयलाई जागिर लगाई दिने भन्दै कामना टेलिभिजनले न्युज प्रशारण गरेपछि स्थानीय सर्वसाधारण राजनैतिक दलका नेता कार्यक्रताहरुले नगरपालिका परिसरमा बुङगल नगरपालिकामा भ्रष्टाचार भएको भन्दै र मेयर अडियो काण्ड बारे आज नाराजुलुस सहित नगरपालिका घेराउ गरेका थिए ।    नारावाजी गर्दै स्थानीय सँगसँगै  नेकपा एमाले र विप्लव समुहको सयुक्त आयाेजनामा बुङगलका सर्वसाधारणले नगरपालिका घेराउ सहित नारा लगाएका थिए । नारामा "ए चाेर बुङगल छाेड, जनता लुट्न पाईदैन यस्तो मेयर हामीलाई चाहिदैन । तुरुन्तै राजिनामा देउ भ्रष्टाचार गर्न पाईदैन" जस्ता थिए ...
स्थानीयहरु मिलेर आफैले गरे सदरमुकाम सरसफाइ

स्थानीयहरु मिलेर आफैले गरे सदरमुकाम सरसफाइ

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको रिङ्गराेड स्थानीयले सरसफाइ गरेका छन । दशै नजिकिँदै गर्दा,जयपृथ्वी नगरपालिका चैनपुरका स्थानीयले सहरको रिङ्गराेड सरसफाइ गरेको हाे । स्थानीय समाजसेवी प्रेम बहादुर सिँह सम्राट सिँह घनश्याम राेकाया सहितकाले टाेलिले आज सरसफाइ गरेको हाे । स्थानीय समाजसेवी प्रेम सिँहकाे जेसिविले पानकाेट फुल देखि बजार सम्म फाेहर हटाउदै सरसफाइ गरिएको थियाे । स्वच्छ शहर सफा सहर बनाउन नगरपालिकाकाे भुमिका रहेता पनि, स्थानीय आफै जागेर यस्तो राम्रो कार्य गरेका हुन । रिङ्गराेड सरसफाइ गरेपछि मेयर चेतराज वजाल र उपमेयर सुरत सिँह रतन बस्ने टाेल पनि सफा देखिएकाे छ ।...
NPA ले सुप प्रदेश भित्र विभिन्न कार्यक्रम गरी मनाईयो विश्व फार्मासिष्ट दिवस

NPA ले सुप प्रदेश भित्र विभिन्न कार्यक्रम गरी मनाईयो विश्व फार्मासिष्ट दिवस

समाचार
धनगढीमा विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट दिवस मनाईएको छ। नेपाल  फर्मास्युटिकल एसोसियसन सुदुरपश्चिम प्रदेश ले हिजो र आज विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट दिवस  मनाएको हो । फार्मासिष्ट डेका अवसरमा आज  नेपाल  फर्मास्युटिकल एसोसियसन विभिन्न फार्मेसी पेशागत संगठन र भागेश्वर एकेडेमीको आयोजनामा भागेश्वर एकेडेमी, सेती प्रादेशिक अस्पताल, वडा प्रहरी कार्यालय हुँदै पार्कसम्म  मोड सम्म याली निकालिएको प्रदेश का सचिब माहाओम राज जोशि ले बताउनु  भयो  । नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा रहेको रेडक्रसमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिमका सचिव महाओमराज जोशीले बताए । त्यस्तै हिजो दिवसको पूर्वसन्ध्यामा धनगढीमा रहेको आसरा सुधार केन्द्रमा रहेका २५ जनाभन्दा बढीलाई फार्मासिस्ट मह...
बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे बझाङ भेला सम्पन्न

बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे बझाङ भेला सम्पन्न

ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे बझाङ भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच,नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालकाे जिल्ला भेला सम्पन्न भएको हाे । बझाङ जिल्ला भेला बाट प्रवेशको संयोजकत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । निकट भेलामा प्रमुख अतिथि संगठनका व्युरो ईन्चार्ज दिपेन्द्र ऐरी विशिष्ट अतिथि बहुमत पार्टीका बझाङ जिल्ला ईन्चार्ज पार्वति सिंह अतिथिमा पार्टी केन्द्रीय सदस्य राम भट्ट ,संगठनका प्रदेश संयोजक जीवन थापा लगायतका नेताकाे उपस्थिति रहेको थियाे । बझाङ जिल्लामा भएको भेला बाट बहुमत निकट सँघठन गठन गरिएकाे हाे । सँघठनले सुशासनका विषयमा अगाडि बढ्दै भ्रष्टाचार न्युनिकरण गर्ने बताउनु भयाे करिव ८० जनाकाे उपस्थितिमा कार्यक्रम भएको हाे ।...
कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ताजा अपडेट, सुदूरपश्चिम
धनगढीः कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए,’ उनले भने, ‘सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए। उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’ यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो। बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बता...
धनगढीबाट केयर फस्ट फार्मेसीले प्रतिबन्धित औषधी बिक्री गर्दा एक जना पक्राउ

धनगढीबाट केयर फस्ट फार्मेसीले प्रतिबन्धित औषधी बिक्री गर्दा एक जना पक्राउ

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको धनगढीबाट प्रतिबन्धित औषधी बिक्री गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – २ बैयावेहडी चोकमा रहेको केयर फस्ट फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्री गरिरहेको अवस्थामा फार्मेसी सञ्चालक कञ्चनपुरको वेदकोटन गरपालिका – ५ का २३ वर्षीय दीपक राज जोशीलाई पक्राउ गरेको हो । उनलाई फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल बिक्री वितरण गरी रहेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उक्त औषधी सहित फार्मेसी सञ्चालक जोशीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।...
“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

“युवा समाजसेवि साउद द्रारा खेलाडीलाई फुटबल हस्तान्तरण “

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरिगङ्ग न पा वडा न ५ अन्डैया निवासी समाजसेवि करन साउद द्रारा वडाका युवालाई खेलकुदमा प्रेरित गर्नेको लागि फुटबल हस्तान्तरण गर्नु भएको छ। बिगत लामो समय देखि राजनीति सङ्गै समाजसेवामा सकृय साउद ।वडामा हुने थुप्रै समस्या सङ्ग साथ सहयोग गर्दै आउनु भएको छ। समाजसेवा नै धर्म हो भन्ने उहाँ । उहाँ भन्नू हुन्छ पछिल्लो चरणमा थुप्रै युवाहरु लागुपदार्थमा लागेका ले युवालाई सिर्जनात्मक कार्य जस्तै खेलकुदको माध्यम द्रारा उहाँहरु प्रेरित गर्ने कुरा बताउनु भयो। उहाँले भन्नू भयो खेल एउटा पहिचान र अनुशासन हो खेलको माध्यम द्रारा पनि नेपाललाई बिश्व माझ चिनाउन सक्ने कुरा व्यक्त गर्नु भयो। साउद भन्नू हुन्छ प्रतेक वडामा भएका युवाहरुलाई सहि ठाउँ र साथ सहयोग गर्नु हामी सबैको दायित्व हो भन्ने कुरा व्यक्त गर्नु भयो ।कतिपय राज्यका नजर नगएको ठाउँमा थुप्रै चोटि समाजसेवि साउदले सहयोग गर्दै आउनु भएको छ्।...
कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

कैलाली पुगेर उधोग मन्त्री भण्डारीले भने’ सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी: उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले जनतालाई अनुभुती हुने गरी काम गर्न कैलालीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीमा आयोजित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य, ब्यवस्था तथा गुण नियन्त्रण, बाणिज्य तथा नापतौल लगायतका कार्यालयको प्रगती बारे असन्तुस्टी जनाउँदै सरकारी लक्ष र जनतालाई अनुभुती हुने खालले काम गर्न निर्देशन दिएका हुन् । बाणिज्य कार्यालय, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय, भन्सार र आन्तरिक राजश्व कार्यालयका गतिबिधि बढेको पाइएन मन्त्री भण्डारीले अशन्तुस्टी पोख्दै भने “तपाइहरुको प्रगती पुरानै स्थितीमा छ भन्ने अहिलेको प्रस्तुतीले थाहा भएको छ, प्रगती बढाउनुस, कहाँ कसले समन्वय सहकार्य गर्ने हो गर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज