एमालेद्वारा नेकपा स्थापनाको ७६औं वर्षगाँठमा विशेष कार्यक्रम गर्ने
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७६औं वर्षगाँठको अवसरमा एमालेले आज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो हुने कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका सातजना विशिष्ट व्यक्तित्वलाई 'कम्युनिष्ट योद्धा'का रूपमा सम्मान गरिने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।
सम्मान प्राप्त गर्नेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) छन्।
त्यस अवसरमा तत्कालीन नेकपा माले र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ नामक पुस्तक पनि सार्वजनिक गरिनेछ।...











