Advertisement

हाम्रो बारेमा

बैतडीमा एक महिला मृत फेला

समाचार
धनगढी - बैतडीमा एक महिला मृत फेला परेकी छिन् ।। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपाली घर भएकी २१ वर्षीया बिनिता बिष्ट मृत फेला परेकी हुन् । बिष्ट आफ्नै घर नजिकै आज (शनिवार) मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तो छ आजको मौसम

समाचार
धनगढी – सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म भएको छ ।  बिहानैदेखि बादल र हुस्सु लागेको छ । यसले गर्दा चिसो बढेको छ । बादल र हुस्सु लागेको ठाउँमा पश्चिमी वायुको प्रभाव रहेको मौमसविद् गंगा नगरकोटीले बताइन् ।  काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हिजोको जस्तो मौसम खुल्ने सम्भावना नरहेको उनले बताइन् । हुस्सु हटेर केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताइन् । यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशको मौसम भने सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् ।...

ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

समाचार
कैलाली - ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी दिएका थिए । उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।...

भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

समाचार
कैलाली - नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।  शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गरे ।  त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताए ।  राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानका...

वरिष्ठ सर्जन डाक्टर सि पि पाण्डेय सम्मानित 

समाचार
धनगढी - डाक्टर चन्द्रप्रकाश पाण्डेय (सिपि) सम्मानित भएका छन् । धनगढीमा रहेको सीपी हस्पिटलका सञ्चालकसमेत रहेका पाण्डेय आज सुदूरपश्चिम महोत्सवमा सम्मानित भएका हुन् । 'समृद्धि सुदूरपश्चिमको लागि, आर्थिक समृद्धि' भन्ने नाराका साथ धनगढीमा आजबाट सुरु भएको 'सुदूरपश्चिम महोत्सव २०८०' को उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज धनगढी आएका थिए । डाक्टर पाण्डेयलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय  योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान-पत्र प्रदान गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले बताए । डाक्टर पाण्डे गोल्ड मेडलिस्ट वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन हुन् ।...
बझाङमा विद्यालय हिँडेका दुई बालक सम्पर्क विहिन

बझाङमा विद्यालय हिँडेका दुई बालक सम्पर्क विहिन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङका दुई बालक बेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ रजाडा बस्ने शिवहरी बोहोराका १२ वर्षिय छोरा रविन्द्र बोहोरा र सोहि गाउँपालिकाको वडा नम्बर ९ कुलिबान बस्ने मिन बहादुर बोहोराका १४ वर्षिय दिपेन्द्र बोहोरा विहिबार विहानबाट बेपत्ता भएका हुन् । हिजो विहिबार बिहान विद्यालय जान्छु भनेर घरबाट हिडेका दुवैजना अहिलेसम्म घर नफर्किएको र खोजखबर गर्दा कतै फेला नपरेको बालकका अभिभावक शिवहरी बोहोराले जानकारी दिनुभयो । कैलाश माविमा रविन्द्र कक्षा ७ र  दिपेन्द्र कक्षा ८ मा अध्ययारत रहेका थिए । अहिले प्रहरी कहाँ निवेदा दिइसकेको अभिभावकको भनाइ छ । बालकहरुलाई कसैले कतै देखे ९८४६९८६३२० र ९८४०६२६४७० तथा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।...

एनएसएलमा झापा र वीरगञ्ज बराबरीमा रोकिए

समाचार
कैलाली - नेपाल सुपर लिग एनएसएलको शुक्रबार भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुबै पक्षले गोलका केही अवसर पाए पनि गोल गर्न सकेनन् । चार खेल खेलिसक्दा दुबै टोली अझै जितविहीन छन् । तीन खेल बराबरी खेलेको झापा ३ अंकसहित आठौं स्थानमा छ । त्यस्तै दुई खेल हारेको र दुई खेल बराबरी गरेको वीरगञ्ज २ अंकसहित अन्तिम स्थानमा छ ।...

एलपीएल : युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी

समाचार
धनगढी - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रवार सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। समुह ’बि’ अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गरेको हो। समुह ‘ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। जितसँगै युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गरेको छ। युथ अफ टीकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सकेको हो। युथ अफ टीकापुरका गौतम केसी बलिंगमा प्लेयर अफ द म्याच घोषित भए। यसअघि टस जितेर ब्याटिंग गरेको यु...

लैङ्गिक हिंसाविरुद्ध  १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न 

समाचार
धनगढी - बझाङको बित्थडचिरमा लैङ्गिक हिंसाविरुद्ध  १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को आयोजनामा शुक्रबार सुनकुडा माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा  विद्यालयको प्राङ्गणमा र्‍याली निकालिएको हो ।   उक्त र्‍यालीमा हजारौं विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो ।  र्‍यालीमा विभिन्न किसिमका नारा प्लेकार्ड, ब्यानरसहित बजार परिक्रमा गरेर विद्यालयमा अनौपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रम बित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष, हरिश्चन्द्र जोशीको अध्यक्षता र जिल्ला अदालतका न्यायाधीश, नन्दकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला अदालतका श्रेशदार, सुनकुडा ...

रोजगारीका लागि बेलायत जान ४५ नर्स छनोट

समाचार
कैलाली - बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् ।  ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् । हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो ।  सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो ।  जसमा ७७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । छनो...

एसीसीको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

समाचार
कैलाली  – एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।  प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन् । नेपालले दोस्रो खेल पर्सी आइतवार अफगानिस्तानसँग र तेस्रो खेल २६ गते भारतसँग खेल्नेछ । मंसिर २९ गते सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।...

सुदूरपश्चिम महोत्सव आजदेखि [फोटोफिचर]

समाचार
धनगढी – सुदूरपश्चिम महोत्सवको १७ औं संस्करण आजदिखि सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने भएको हो ।  महोत्सवमा १० करोड बराबरको कारोबार हुने र ५ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको संघले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज