Advertisement

हाम्रो बारेमा

एलपिएल : घोडाघोडी सेमिफाइनलमा

समाचार
धनगढी - धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ ।  आज भएको खेलमा गरुडा नगरपालिकालाई छ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूरपश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् ।  खेलमा गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्या । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे । विपिनले ३९ बलमा छ चौका र तीन छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा तीन चौका र दुई छक्का मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए ...

पत्रकार नहकुलको ‘नाजवाफ’ सार्वजनिक 

समाचार
धनगढी - पत्रकार नहकुल जोशीको उपन्यास नाजवाफ आइतबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।  आइतबार धनगढीमा आयोजित एक समारोहमा उक्त पुस्तकको विमोचन गरिएको हो ।  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्वारा उक्त उपन्यास सार्वजनिक गरिएको हो । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको यो पहिलो कृति हो । राज्यब्यवस्था परिर्वतनका निम्ती तत्कालिन खस साम्राज्यको योगदान र उपलब्धीमा आधारित रहि यहाँका समस्या, कुप्रथा, विकास निमार्ण र जनजीवनका बारेमा उपन्यासमा चित्रण गरिएको बताइएको छ मायाप्रेम संगै विद्यमान मौसमी बसाईसराइ, छुवाछुत, छाउपडि, बहुपति प्रथा लगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउन्छन भन्ने कुरा उपन्यासमा गहन रुपमा आएको उक्त पुस्तकका समिक्षक अर्जुन शाहले बता...
महेन्द्रनगर मन्त्र हस्पिटलमा २४सै घण्टा आकस्मिक तथा अप्रेशन सेवा

महेन्द्रनगर मन्त्र हस्पिटलमा २४सै घण्टा आकस्मिक तथा अप्रेशन सेवा

समाचार
मंसिर २४ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीले २४ सै घण्टा सल्यक्रिया सेवा सुचारु गरेको छ । मन्त्र हस्पिटलका निर्देशक डा. गोविन्द रोकायाले दुरविन विधिबाट पित्त थैलीको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, आन्द्रा बेरिएको र फुटेको, स्तन तथा शरीरका गाँठा गुठी आदिको २४ सै घन्टा सल्यक्रिया सेवा सुचारु गरेको बताए ।  डाक्टर रोकायाका अनुसार हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अप्रेशन सेवा, सघन उपचार आइसियु सेवा, भिडीयो एक्स–रे सेवा, एक्स–रे सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, इ.सी.जी. सेवा, फिजियोथेरापी सेवा, ईको सेवा, इन्डोस्कोपी, सेवा, ल्याप्रोस्कोपिक सेवा लगायतका सेवा दिइरहेको छ ।  पछिल्लो समय सुदूरपश्चिमका तराई क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा हस्पिटल खुल्ने क्रम बढ्दो छ । सुदूरपश्चिमको कैलाली जिल्लामा धेरै हस्पिटल खुलीरहेका भएपनी कञ्चनपुरमा भने थोरै स...

‘भ्वाइस अफ नेपाल’मा लाइभ राउण्डका लागि छानिए १२ प्रतिस्पर्धी

समाचार
कैलाली - टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन पाँचको ‘लाइभ राउण्ड’ अर्को शुक्रबारदेखि सुरु हुँदैछ । शनिबार सकिएको नकआउट राउण्डबाट १२ प्रतिस्पर्धी आगामी चरणमा प्रवेश गरेका छन् । एकजना कोचको समूहमा तीनजना प्रतिस्पर्धी हुनेछन् ।  टीम प्रमोद खरेलबाट प्रशान्त शिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोर्गेन लिम्बु लाइभ राउण्डमा प्रवेश गरेका छन् ।  टीम राजेशपायल राईबाट मोनिका राई, हेन्जन मकर बहादुर र आश्विन राई प्रवेश गरे । टीम मिलन नेवारबाट फेथम ब्याण्ड, बिनोद राई र तृजा प्रधान लाइभ राउण्डमा प्रवेश गरेका छन् ।  टीम उदय सोताङबाट कुमार प्रयास, रोजिना बस्नेत र विवेक बस्नेत पनि आगामी चरणमा प्रवेश गरेका छन् । लाइभ राउण्डका लागि आफूलाई मनपर्ने प्रतिस्पर्धीका लागि दर्शकले भोट गर्न सक्नेछन् । भोटिङ पनि खुला भएको जनाइएको छ ।  यो चरणबाट जजको अधिकार दर्शकको हात...

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

समाचार
धनगढी - कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्रि सडकखण्डमा सुपप्र०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सार्कीको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ। अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ।...
औषधि ब्यबस्था बिभागका फार्मेशि निरिक्षक दिपेन्द्र शाह द्वारा कैलालिका क्लिनिक / मेडिकल हरु अनुगमन ! !

औषधि ब्यबस्था बिभागका फार्मेशि निरिक्षक दिपेन्द्र शाह द्वारा कैलालिका क्लिनिक / मेडिकल हरु अनुगमन ! !

समाचार
धनगढी। कैलालीका छ वटा फार्मेसी तथा क्लिनिक कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभाग नेपालगन्ज शाखा को टोलीले अनुगमन क्रममा छ वटा फार्मेसी तथा क्लिनिक कारबाही गरेको हो । यहि मंसिर १७ गतेदेखि २३ गते शनिबार सम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको औषधि व्यवस्था विभागको टोलीले जनाएको छ । अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका छ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्र कुमार शाहले जानकारी दिए । उनका अनुसार कैलालीको बर्दगोरिया वडा नम्बर ३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका वडा नम्बर १ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ । ...

यू १९ एसिया कप : नेपालले आज अफगानिस्तानसँग खेल्दै

समाचार
कैलाली - युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।  यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।  समूह ए अन्तर्गत आजै अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।...
चिसोले रोक्न सकेन नुवाकोटवासीको उत्साह, एमाले टोलीको स्वागतमा रातीसम्मै बसिरहे (फोटोफिचर)

चिसोले रोक्न सकेन नुवाकोटवासीको उत्साह, एमाले टोलीको स्वागतमा रातीसम्मै बसिरहे (फोटोफिचर)

समाचार
नुवाकोट, मंसिर २३ । समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टोली नुवाकोट आइपुग्दा भब्य स्वागत गरिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली नुवाकोटको बट्टार आइपुग्दा चार घण्टादेखि कुरेर बसेका स्थानीयवासीले भब्य स्वागत गरेका हुन । टोलीको स्वागतका लागि स्थानीयवासी चिसोको कुनै पर्वाह नगरी बसेका थिए ।...
तरुन दल नगर सभापति मा साउद

तरुन दल नगर सभापति मा साउद

कैलाली, राजनीति, समाचार, सुदूरपश्चिम
हिमाल साउद । नेपाली काङ्ग्रेस भातृ संगठनका तरुन दल ले सुरुवात गरेको नगर कमिटी  संगठन गठन क्रम मा कैलाली जिल्ला गौरिगङ्गा नगर पालिका मा पनि गठन गर्दै सभापति मा युवा समाजसेवी एवम् ब्यापारी  लक्ष्मण साउद लाई नगर सभापति मा चयन गरेको छ । उक्त भेला मा प्रमुख अथिती मा जिल्ला सभापति निराजन खड्का थिए भने कार्यक्रम सभापतित्व विशाल खवास रहनु भएको थियो । आफु पार्टी को मात्र सभापति नभएर जनता को  सेवक भएर काम गर्ने प्रतिबद्धता गदै सभापति पाएको मा आफू हर्सित भएको र पद को कुनै पनि गलत दुरुपयोग नगर्ने कुरा बताएका छन्  । .......
समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा हिक्मत सिंह सर्वसम्मत

समाजवादी प्रेस संगठन सुदूरपश्चिमको अध्यक्षमा हिक्मत सिंह सर्वसम्मत

कैलाली, राजनीति, सुदूरपश्चिम
समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मतबहादुर सिंह चयन भएका छन्। शनिबार धनगढीको सितार होटेलको सभाहलमा सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनमा सिंह निर्विरोध अध्यक्षमा चयन भएका छन । १३ सदस्यीय समितिको उपाध्यक्षमा तपेन्द्र कुँवर, उपाध्यक्ष (समावेशी)मा शर्मिला रोकाया, महासचिवमा डिलबहादुर सिंह, सचिवमा सन्तोषप्रसाद जैसी र कोषाध्यक्षमा समिक्षा जोशी चयन भएका छन्। यस्तै, सदस्यमा उमेश शाही, जनक थापा, निशा साउँद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउँद र राजेन्द्र बिक चयन भएका छन्। अध्यक्षमा चयन भएपछि सिंहले संगठन निर्माणका लागि सधैं तत्पर भएर लाग्ने प्रतिक्रिया दिए। उनले एकल निर्णयभन्दा पनि संगठनसँगै लागेर हरेक निर्णय गर्ने बताए।...

एलपीएल : टिकापुर सेमिफाइनलमा, गरुडाको विजयी सुरुवात

समाचार
कैलाली - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा यूथ अफ टिकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समूह ’बि’ बाट यूथ अफ टिकापुरले सेमिफाइनलमा स्थान समेत पक्का गरेको छ। शनिवारको पहिलो खेलमा यूथ अफ टिकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तिन वटै जितको साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। यूथ अफ टिकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो। कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ रन र पारस रोकायाले १२ रन योगदान दिए। यूथ अफ टिकापुरका सुमित महर्जनले २ विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १्१ विकेट लिए। खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै यूथ अफ टिकापुरले ७ विकेट गु...

महेन्द्रनगरका लागि छुटेको बस बर्दियामा दुर्घटना

समाचार
धनगढी - काठमाण्डौंबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको यात्रुवाहक बस बर्दियामा दुर्घटना भएको छ। शनिबार बिहान बारबर्दिया नगरपालिका–९ मा ना ६ ख ७४४२ नम्बरको महाकाली यातायातको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बसमा २५ जना सवार रहेकोमा अन्य सकुशल रहेको प्रहरीले बताएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज