Advertisement

हाम्रो बारेमा

केआईआईटीमा मृत भेटिएकी  लम्सालको न्यायका लागी नेपाली जनसम्पर्क समिति भारत द्वारा बेंगलोरको फ्रिडम पार्कमा बिरोध प्रदसन गरिने

केआईआईटीमा मृत भेटिएकी लम्सालको न्यायका लागी नेपाली जनसम्पर्क समिति भारत द्वारा बेंगलोरको फ्रिडम पार्कमा बिरोध प्रदसन गरिने

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
बेंगलोर - भारतको भुवनेश्वर,ओडिसा स्थित कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी) बिश्वबिद्यालयको होस्टलमा नेपाली बिधार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भयको घटना र त्यसपछि नेपाली बिधार्थीलाई होस्टलबाट बलपूर्वक बाध्य र अपमान गर्दै घर जानलाई निष्कासित गरेको अमानवीय घटनाको घोर भत्सना गर्नको लागी बेंगलोरको फ्रिडम पार्कमा शान्तिपूर्ण बिरोध प्रर्दशन गर्ने नेपाली जनसम्पर्क समिति भारत तथा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति आमन्त्रित सदस्य दिपक कुमार झा ले एक बिज्ञेप्ति निकाल्दै जानकारी दिएका छन। उनले भने हामी सम्पूर्ण नेपाली समाज सम्बंधित निकाए र दुबै देशको सरकार संग यस दु:खद घटनाको उच्चस्तरीय जाच र बिधार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन पहल गरिरहेका छौ। अनुसन्धानमा भयको ढिलाई नेपाली बिधार्थी माथि गरिएको दुर्व्यवहार र बिश्वबिद्यालयको निणार्यक कार्बाही गर्न असफल भयको...
बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

Breaking News 1, कन्चनपुर, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बालेन शैलीमा कञ्चनपुरको एक स्थानीय तहले ग्रामीण सडकमा डोजर फेसनको नक्कल गरेको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाले ममंगलबार चवन्नी बजार क्षेत्रमा डोजर फेसनको नक्कल गरेको हो । देशका अधिकांश शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर तथा उपमहानगरपालिकामा डोजर चलाएर प्रमुखहरूले चर्चा कमाइरहेको बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गरेका स्थानीयले बताए । पालिकाले जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने चवन्नी बजारको सडकलाई कतै ३० , कतै १२ त कतै ६ मिटर बनाउन पक्की संरचनानै भत्काउन तम्सिएपछि स्थानीयहरू आक्रोशित हुनुका साथै बिरोधमा उत्रिएका छन् । स्थानीय कृष्णा थापाले भनिन् नगरपालिकाले स्थानीयसँग समन्वय, छलफल तथा सहमति बिनै एकलौटीरुपमा शासन गर्न थालेको छ । हामीले बारम्बार पालिकामा गएर छलफल तथा समन्वय ...
केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

केआईआईटीमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी

अन्तर्राष्ट्रिय, समाचार
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्‍याउने कुरा भएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए । गत आइतबार अपराह्न बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवाहार गरेको थियो । ...
सुदूरपश्चिमका एक लाख भन्दा बढी किशोरीलाई लगाइयो एचपिभी खोप

सुदूरपश्चिमका एक लाख भन्दा बढी किशोरीलाई लगाइयो एचपिभी खोप

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप एक लाख बढी किशोरीलाई खोप लगाइएको छ। गत माघ २२ गतेदेखि देशव्यापी सुरु गरिएको एचपिभी खोप अभियान अन्तर्गत प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई खोप लगाइएको हो । प्रदेशका नौ वटै जिल्लामा एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले बताए । उनलेे भने यो कुल लक्ष्यको ९५ प्रतिशत प्राप्ति हो। सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८ सय ८८, कञ्चनपुरका २५ हजार ८ सय ४०, डोटीका ११ हजार ३ सय ८८, अछामका १३ हजार ८ सय ९७ र डोटीका ११ हजार ३ सय ८८ जना किशोरीहरुलाई खोप लगाइएको छ । यसैगरी, डडेलधुराका ६  हजार ९ सय ४९, बझाङका ११ हजार ८ सय ९७, बाजुराका ७ हजार ६ सय ४९, बैतडीका १२ हजार ८ सय २८ र दार्चुलाका...
कैलालीमा एक बालकको पानीमा डुबेर गयो ज्यान

कैलालीमा एक बालकको पानीमा डुबेर गयो ज्यान

कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक बालकको पानीमा डुबेर ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको पानीमा डुबेर ज्यान गएको हो। आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए।  घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ज्यान गएको  इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।...
आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट सुरु हुँदै

आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट सुरु हुँदै

कैलाली, खेलकुद, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग  क्रिकेट प्रतियोगिता सुरु हुनेभएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । सुदूरपश्चिमका खेलाडीको खेल प्रतिभा पहिचान,क्षमता अभिवृद्धिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न लागि प्रतियोगिता आयोजना गर्नलागेको कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यान लाई १५ हजार, नवप्रतिभावान खेलाडी लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ । प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय रुपैयाँका साथमा ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गर...
जहानियाँ राणाशासन अन्त्य भएको दिन आज,, प्रजातन्त्र दिवस मनाइँदै

जहानियाँ राणाशासन अन्त्य भएको दिन आज,, प्रजातन्त्र दिवस मनाइँदै

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते नेपालमा एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजान्त्र स्थापना भएको सम्झनामा बुधबार आज विभिन्न कार्यक्रम सहित ७५ औं प्रजातन्त्र दिवस मनाइने लागेको हो । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ मा देशभरी विभिन्न कार्यक्रमगरी दिवस मनाउन प्रचलन रहेको छ । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिनेगरिएको छ । जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक वर्ष ७ फागुनमा यो दिवस मनाइँदै आएको हो । जनक्रान्तिका माध्यमबाट राणाशासन...
कैलालीबाट लागूऔषध सहित बझाङको केदारस्यूँका गोविन्द र लोकेन्द्र पक्राउ

कैलालीबाट लागूऔषध सहित बझाङको केदारस्यूँका गोविन्द र लोकेन्द्र पक्राउ

Breaking News 2, कैलाली, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङका २ जना युवक कैलालीबाट लागूऔषध सहित पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट बझाङको केदारस्यूँ गाउँपालिका–६ घरभएका २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा पक्राउ परेका हुन् । उनीहरूलाई लागूऔषध खैरो हिरोइन ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने कालो पदार्थ २ केजी १ सय ७५ ग्राम सहित मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैबीच लम्कीचुहा नगरपालिका–२ बगनियाबाट लागूऔषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई पनि मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ति किशोरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियोे ।...
बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, गाउँमै थिए लुकेका

बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, गाउँमै थिए लुकेका

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बझाङले २०७१ माघ १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहरगरेपछि फरार रहेका प्रतिवादी पक्राउ परेका परेका हुन । जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १८ दिन कैद सजाय तोकिएका साविक दौलीचौर गाविस ८ तथा हालको सुर्मा गाउँपालिका–२ का ६५ वर्षीय अफी बोहरालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई भारतबाट गाउँ फर्किएको गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको टोलीले गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियोे । पक्राउ परेका बोहरालाई फागुन ६ गते मंगलबार अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।...
बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : जयपृथ्वी बहुमुखी क्याम्पस, भौपुरमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस विपद् व्यवस्थापन क्षेत्रको आयोजनामा र क्याम्पस परिवारको सहकार्यमा आयोजित कार्यक्रममार्फत विद्यार्थीहरूलाई विपद् प्रतिकार्य, आत्मरक्षा र आगजनीबाट बच्ने उपायबारे जानकारी प्रदान गरियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्टको नेतृत्वमा फिल्डमा प्रायोगिक कक्षाहरू (डेमो) सञ्चालन गरियो। सहभागीहरूले विपद्को समयमा आवश्यक सतर्कता र सुरक्षित उपायहरूको अभ्याससमेत गरे। कार्यक्रमको अध्यक्षता प्राध्यापक डा. दीपकराज जोशीले गर्नुभएको थियो। उहाँले पछिल्लो समय बस्तीहरूमा देखिएको आगजनीजस्ता घटनालाई न्यूनिकरण गर्न समुदायमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षक भानु जोशीले विपद् व्यवस्थापन र आत्मरक्षाका उपायहरूको ...
मष्टा गाउँपालिकामा शिक्षकहरूको तलब भुक्तानी डिजिटल प्रणालीमार्फत: पारदर्शिता र सहजता बढाउने प्रयास

मष्टा गाउँपालिकामा शिक्षकहरूको तलब भुक्तानी डिजिटल प्रणालीमार्फत: पारदर्शिता र सहजता बढाउने प्रयास

ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : मष्टा गाउँपालिका, बझाङले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियालाई आधुनिक बनाउँदै विद्युतिय भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको छ। यो व्यवस्था गाउँपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रमअनुसार सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाका लेखापाल गगन गुर्धामीका अनुसार, “विद्युतिय भुक्तानी प्रणालीले शिक्षक तथा कर्मचारीहरूको समयको बचत गर्नुका साथै भुक्तानी प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्नेछ। यो प्रणालीले आर्थिक कारोबारमा हुने सम्भावित त्रुटिहरूलाई न्यूनीकरण गर्न मद्दत गर्नेछ।” यस विषयमा मष्टा गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार खड्काले भने, “यो निर्णयले न केवल शिक्षक-कर्मचारीहरूको सुविधामा सुधार ल्याउनेछ, बरु विद्यालय प्रशासन र आर्थिक व्यवस्थापनमा समेत सन्तुलन कायम गर्न सहयोग पुग्नेछ। हाम्रो उद्देश्य शिक्षाको गुणस्तर...
कैलालीमा ६ ग्राम ८८० मिलिग्राम लागू औषध (खैरो हिरोइन) सहित ६ जना पक्राउ

कैलालीमा ६ ग्राम ८८० मिलिग्राम लागू औषध (खैरो हिरोइन) सहित ६ जना पक्राउ

समाचार
धनगढी, कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष अभियानअन्तर्गत ६ ग्राम ८८० मिलिग्राम खैरो हिरोइन सहित ६ जनालाई पक्राउ गरेको छ। मिति २०८१।१०।५ गते, कैलालीको धनगढी उप-महानगरपालिका–२ स्थित एभरेष्ट सेभन गेष्ट हाउस नजिकै शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले निगरानी बढाएको थियो। उक्त टोलीले धनगढी उप-महानगरपालिका–४ का ३१ वर्षीय एक पुरुषलाई खानतलासी गर्दा उनको साथबाट २०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको थियो। यसपछि सोही स्थानबाट धनगढी उप-महानगरपालिका–४ का २३ वर्षीय अर्का युवकलाई नियन्त्रणमा लिइएको थियो। उनकै बयानका आधारमा थप अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढी–४ का २२ वर्षीय युवक सहित अन्य ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये एकजनाको साथबाट २१० मिलिग्राम, अर्काको साथबाट ८० मिलिग्राम, र अन्यबाट क्रमशः २८० मिलिग्राम, ३...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज