Advertisement

Day: २०८३ भाद्र १८, बिहीबार २०:४३

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३८ लाख ४ सय ३८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भाद्र १८ गते बसेको कार्यपालिका बैठकले विपद् प्रभावित नागरिकप्रति मानवीय सहयोग तथा ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण रसुवा जिल्लामा जनधनको क्षति तथा नागरिक प्रभावित भएपछि उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउ नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। गौरीगङ्गा नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको मानवीय दायित्वसमेत भएकाले विपद् पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरेको हो।...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैलालीमा रहेको सुदूरपश्चिमकै बहुचर्चित शैक्षिक संस्था चैतन्य पाठशालाले उपलब्ध गराएको पोसाक विद्यार्थीहरूलाई प्रदान गरिएको हो। बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर मल्लले विद्यार्थीहरूलाई पोशाक प्रदान गरेको शिक्षक गजेन्द्र जप्रेलले जानकारी दिए। सहयोगी संस्था चैतन्य पाठशालालाई कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउने महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै विद्यालय परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको थियो । शिक्षक गजेन्द्र जप्रेलका अनुसार उक्त सहयोगका लागि आकांक्षा कपडा बैंकका संस्थापक पूर्णबहादुर मल्लको विशेष पहल रहेको छ। विद्यालय परिवारले विद्यार्थीको हितमा गरिएको यस ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज