Advertisement

ताजा अपडेट

कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् । सन् २०२५ को अहिलेसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् । गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताउनुभयो । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट...
चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच सम्झौता भएसँगै उक्त सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिए। रूख कटानीको आदेश नआउँदा उक्त सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन। कैलालीको लम्कीचुहा नगरपालिका–३ देखि मोहन्याल गाउँपालिका–७ सम्मको यो सडकखण्ड १६ किलोमिटर लामो छ। यसमध्ये आठ किमी सडकखण्डको स्तरोन्नतिका काम सडक विभागमार्फत सुरु भइसकेको इन्जिनियर जोशीले बताए। यसका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा दुई करोड २० लाख बजेट विनियोजन गरेको जनाइएको छ। कैलालीको पूर्वी भेगबाट पहाडी जिल्लातर्फ जाने यो सडकलाई नेपाल सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक य...
थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण

थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  बझाङ — बझाङको थलारा गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने सक्रिय क्षयरोग खोजपडताल शिविरमा ६ जना नयाँ क्षयरोग संक्रमित फेला परेका छन्। चैत २६ देखि २८ गतेसम्म थलारा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय बझाङ र स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। गाउँपालिकाका  ९ वटै वडामा सञ्चालित शिविरमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त मेसिन प्रयोग गरी ८ सय ६६ जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणको आधारमा ५१ जनामा क्षयरोगको आशंका देखिएकाले उनीहरूबाट थुक (खकार) संकलन गरिएको थियो। संकलित खकार नमुनाहरूलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अणुविज्ञानी तीव्र पहिचान प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ६ जनामा क्षयरोगको जीवाणु (माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस) पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बझाङ...
कैलालीका शंकर आउजी हराए, भारततर्फ गएका आशंका

कैलालीका शंकर आउजी हराए, भारततर्फ गएका आशंका

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी — कैलालीको गोदावरी नगरपालिका–१२, गौडी निवासी शंकर आउजी केही दिनदेखि हराइरहेका छन् । मानसिक असन्तुलनको समस्या रहेका आउजीलाई अत्तरिया स्थित उग्रतारा सुधार केन्द्रमा राखिएको थियो। सुधारपछि चार महिना अघि उनलाई घर ल्याइएको थियो। परिवारका अनुसार चैत २९ गते राति ११:४५ बजे उनी घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्। आफन्त तथा इष्टमित्रले सम्भावित सबै ठाउँमा खोजी गरे पनि उनी फेला परेका छैनन्। उनलाई चैत ३१ गते कैलालीस्थित नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा देखिएको जानकारी प्राप्त भएको छ। त्यहाँ रहेका व्यक्तिहरूका अनुसार आउजीले “म मुम्बई जाँदैछु” भनेका थिए। शंकर आउजीको खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिल गरिएको छ। यदि कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी चौकीमा जानकारी गराई दिन वा निम्न नम्बरहरूमा सम्पर्क गर्न अनुरोध छ: सम्पर्क: नेपाल: +९७७ ९८४८४५१५३२ / ९८४८७६७३२९ भारत (Wha...
एसईई परीक्षा केन्द्रमा शिक्षकले संवेदनशील अंग अनुचित रूपमा छोएको भन्दै किशोरीले दिइन् उजुरी

एसईई परीक्षा केन्द्रमा शिक्षकले संवेदनशील अंग अनुचित रूपमा छोएको भन्दै किशोरीले दिइन् उजुरी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— एसईई परीक्षाका क्रममा धनगढीको पञ्चोदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको आरोपमा प्रहरीमा उजुरी परेको छ। पीडित किशोरीले चिट चेकजाँचको नाममा परीक्षा केन्द्रमा खटिएका एक शिक्षकले आफू र अन्य केही छात्राहरूको संवेदनशील अंगमा अनुचित रूपमा छोएको आरोप लगाउँदै प्रहरी प्रधान कार्यालयमा अनलाइनमार्फत उजुरी गरेकी हुन्। बुधबार मात्र उक्त उजुरी कैलाली जिल्ला प्रहरी कार्यालयमा पुगेको छ। उजुरी प्राप्त भएपछि प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार, उजुरीमा उल्लेखित शिक्षकसहित परीक्षा केन्द्रमा खटिएका अन्य कर्मचारीहरूसँग सोधपुछको तयारी भइरहेको छ। घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारीमा प्रहरीले जोड दिएको छ।...
धनगढीमा आफैले पालेको राँगाको आक्रमणमा किशोरी गम्भीर घाइते

धनगढीमा आफैले पालेको राँगाको आक्रमणमा किशोरी गम्भीर घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— धनगढी उपमहानगरपालिका–१७ पथरीमा आफैंले पालेको राँगाले आक्रमण गर्दा १५ वर्षीया किशोरी गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार ज्वती चौधरी नामकी ती किशोरीलाई घरमै पालेको राँगाले हानेपछि उनको संवेदनशील अङ्गसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले किशोरीको अवस्था गम्भीर रहेको र उनलाई निसर्ग अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए।...
झापामा नौ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन, ११ फर्ममाथि कारबाही

झापामा नौ महिनामा २ अर्ब ३५ करोड राजस्व संकलन, ११ फर्ममाथि कारबाही

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
झापा— आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ८.२६ प्रतिशतले बढी हो। कार्यालयका अनुसार अघिल्लो वर्ष साउनदेखि चैत महिनासम्म दुई अर्ब १७ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो। चालु आर्थिक वर्षमा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। हालसम्मको संकलन कुल लक्ष्यको ८१.४५ प्रतिशत मात्र रहेको कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। नौ महिनामा आयकरबाट एक अर्ब सात करोड, ब्याजबाट सात करोड १९ लाख, मूल्य अभिवृद्धि कर (भीएटी) बाट ७६ करोड ७१ लाख र अन्तःशुल्कबाट ३९ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। आयकर र भीएटी नतिर्ने ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गर्दै एक करोड ७५ लाख रुपैयाँ असुल गरिएको पनि सुनुवारले बताए। "राजस्...
आज देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

आज देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— देशमा हाल स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज कोशी प्रदेश सहित देशका पहाडी भेगका केही स्थानमा र बाँकी ठाउँका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै, उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यस्तो मौसमका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम विभाग...
सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ। बुधबार अरुण जेट्ली रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनायो। त्यसपछि १८९ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको राजस्थानले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनायो, जसले गर्दा खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिङ गर्दै राजस्थानले ११ रन बनायो। जवाफमा दिल्लीले त्यो लक्ष्य केवल ४ बलमै पुरा गर्‍यो। यो दिल्लीको ६ खेलमा पाँचौँ जित हो र उसले १० अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको छ। राजस्थान भने सात खेलमा चार अंकसहित तालिकाको आठौँ स्थानमा छ। उसलाई यो प्रतियोगितामा पाँचौँ हार हो।...
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ। सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए। “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।”...
सुनसरीको देवानगञ्जमा गोलीकाण्ड, तीन जना पक्राउ, तीन अझै फरार

सुनसरीको देवानगञ्जमा गोलीकाण्ड, तीन जना पक्राउ, तीन अझै फरार

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुनसरी- देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेका छन्। सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार छन्। फरारमध्ये कामेश्वर यादवसहितका तीन जना सीमावर्ती क्षेत्रमा बस्दै आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनामा कुल ६ जनाको संलग्नता रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू सबै आपराधिक पृष्ठभूमिका रहेको र भारतमा समेत खोजीको सूचीमा परेका तथ्य खुलेका छन्। पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिनअघि मात्र पक्राउ परेर छुटेका थिए। प्रहरीका अनुसार घाइते मेहता...
देशका पहाडी भूभागमा बदली, कतै–कतै वर्षा र हिमपातको सम्भावना

देशका पहाडी भूभागमा बदली, कतै–कतै वर्षा र हिमपातको सम्भावना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- स्थानीय वायु प्रणालीको प्रभावले देशका केही भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। रातिको मौसमतर्फ, कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आकाश मुख्यतः खुल्ला रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज