Advertisement

ताजा अपडेट

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावली तथा छट पर्वको अवसरमा भोपुर युवा समाजले आयोजना गरेको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । प्रतियोगिताको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । भोपुर युवा समाजका अध्यक्ष रमेश केसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिमा वडा अध्यक्ष सर्जन थापा र जयपृथ्वी नगरपालिका खेलकुद समिति अध्यक्ष सुरेन्द्र सिंह रहेका थिए। प्रतियोगितामा पुरुष तर्फ १८ टिम र महिला तर्फ ३ टिमले सहभागिता जनाएको शैलेन्द्र हमालले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद ३२ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउन...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गरे। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। त्यस्तै, उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन्। महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन्। उनले सुरेश पाण्डेलाई पराजित गरे। त्यसैगरी, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भए...
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
गाजा क्षेत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्थाबारे कुनै जानकारी नहुँदा अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा विपिनको नामसमेत समावेश गरिएको छ। उक्त सूचीमा मृतक २६ बन्धक मध्ये सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि समावेश गरिएको बताइएको छ। शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। तीमध्ये झन्डै आधा महिला र बालबालि...
टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्दै

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग भिड्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा प्रवेश गरेको नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। सुपर सिक्स चरणमा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ अघिल्लो चरणमा पुगेका हुन्। नेपाल र यूएई दुवैले सुपर सिक्समा समान दुई अंक जोडिसकेका छन्। समूह चरणमा नेपालले जापानसँग पहिले नै खेलिसकेकाले अब सुपर सिक्समा त्यस टोलीसँग पुनः खेल्नुपर्ने छैन। नेपालले भोलि कतार, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका बनाएको छ। सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्।...
आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशभर उल्लेखनीय कुनै मौसम प्रणालीको प्रभाव छैन। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
थलारा गाउँपालिका- ६ का युवाहरू र गाउँपालिकाबीच सहमति

थलारा गाउँपालिका- ६ का युवाहरू र गाउँपालिकाबीच सहमति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका–६ सडिलका जेन्जी युवाहरू र गाउँपालिकाबीच सहमति भएको छ । वडा नम्बर ६ को झनाना–सडिल–तराटी–ठिङाललेख सडक खोल्ने माग गर्दै केही दिनअघि युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए। सो सडक खोल्ने विषयमा शुक्रबार गाउँपालिका र युवाबीच छलफल भएपछि सहमति जुटेको हो। गाउँपालिकाले आजदेखि सडक खुलाउने कार्य सुरु गरेको प्रमुख प्रशासनिक अधिकृत प्रयागराज पाध्याये जानकारी दिए। उनका अनुसार झनाना–सडिल–तराटी–ठिङाललेख सडकमा आजदेखि डोजर प्रयोग गरेर काम थालिएको छ। सहमति बैठकमा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम खाती, प्रमुख प्रशासनिक अधिकृत प्रयागराज  र वडा नम्बर ६ का स्थानीय युवाहरू उपस्थित थिए। उक्त कार्य सम्पन्न नभएसम्म पालिकाको कार्यालयमा लगाइएको ताला नखोलिने युवाहरूले बताएका छन् -सम्पादित समाचार ,...
ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पोस्ट गर्दै यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो। अब चीनबाट अमेरिका आयात हुने सामानमा कुल १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले उक्त निर्णय नोभेम्बर १ देखि लागू हुने बताएका छन्। अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्नेछौँ,’ उहाँको भनाइ छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध थालेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएर प्रत्युत्तर दिए...
टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने

टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोट अन्तर्गत समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । अब नेपालले सुपर सिक्स चरणमा यूएई, कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो । यसअघि नै नेपाल र जापान दुवै टोलीले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका थिए । कुवेत भने समूह चरणमै बाहिरिएको छ । सुपर सिक्स चरणमा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । जापानमाथि जितसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ । अब नेपालले सुपर सिक्समा जापानसँग खेल्नुपर्ने छैन । नेपालले भोलि समूह ‘ए’ को विजेता यूएईसँग तथा पर्सि उपविजेता कतारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका रहे...
डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

Breaking News 1, अछाम, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सुप–प्र–०१–००१ ख ३९५६ नम्बरको ईभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटनाग्रस्त भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको ईभी गाडी अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको बताइएको छ।...
कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार हत्या आरोपमा सोही वडाका २८ वर्षीय लालबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार दुवै अभियुक्त बुढाको टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गर्दा खेत प्रहरी पोस्टका जवानले नियन्त्रणमा लिएका थिए। मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।...
बझाङ कारागारबाट भागेका १२ जना अझै फरार, पाँच जना कैदी अन्य कारागारमा स्थानान्तरण

बझाङ कारागारबाट भागेका १२ जना अझै फरार, पाँच जना कैदी अन्य कारागारमा स्थानान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला कारागार बझाङबाट भागेका मध्ये १२ जना अझै फरार रहेका छन । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी मध्ये १२ जना अझै फरार भएका हुन्। भदौ २४ गते आन्दोलनको बेला कारागारको सुरक्षा घेरा तोडी ६५ जना कैदीबन्दी फरार भएका थिए। त्यसपछि जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भने केही कैदीबन्दी आफै कारागार फर्किएका थिए। जिल्ला कारागारमा जम्मा ८५ जना कैदीबन्दि रहेकोमा जेनजी आन्दोलनको फाइदा उठाउदै ६५ जना कैदीबन्दि फरार भएका थिए । उनीहरू भागेको १ महिना पुगिसक्दा पनि १२ जना अझै फरार रहेकाले स्थानीय त्रसित भएका छन्। विभिन्न आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका कैदीबन्दीहरू अझै फरार रहँदा सुरक्षाको चासो बढेको हो। कारागार प्रशासनका प्रमुख राजेन्द्र फराडाका अनुसार फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी छ। उनका अनुस...
आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान बिच खेल हुँदै

आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान बिच खेल हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल र जापानबीचको खेल आज हुँदैछ। नेपाल र जापान दुवै टोली एक खेल अगावै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेपछि दुवै टोलीको अघिल्लो चरणमा स्थान पक्का भएको हो। लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा नेपालसँग ५८ रनको हार बेहोरेको थियो। अब आज हुने नेपाल र जापानबीचको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। दुवै टोलीका समान २–२ अंक भए पनि नेपाल नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज