Advertisement

ट्रेन्डिङ

आज शनिवार दिन यस्तो रहनेच मौसम

आज शनिवार दिन यस्तो रहनेच मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया ...
कैलाली जेल घटना: मृतककी प्रेमिका पक्राउ, विष खुवाएको शंका

कैलाली जेल घटना: मृतककी प्रेमिका पक्राउ, विष खुवाएको शंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारभित्र कैदीबन्दीको रहस्यमय मृत्यु भएको घटनाको एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेका उनको मृत्यु भएको बताएको छ। उता कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगाएको थियो। तर त्यसमा सत्यता नभएको प्रहरीकै दाबी छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतकले कारागारभित्र विष सेवन गरेको देखिएको छ। यस्तै कैल...
जोगबुढा नदी किनारमा युवक मृत फेला

जोगबुढा नदी किनारमा युवक मृत फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
कञ्चनपुरः कञ्चनपुरको जोगबुढा नदी किनारमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० कुटियाकभर स्थित जोगबुढा नदिको किनारमा सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक सुनार आज (बुधवार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु, कुटीकुटी मारेको आरोप

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको छ। उनलाई कुटीकुटी मारेको आरोप समेत लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा ढलेर मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ। भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको हो। कारागारभित्र गुण्डाराज छ। बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन्। कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी ग...
बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छ । गएको बिहीवारदेखि परेको पानीले तमैल बजार नजिकै तथा बालुवा टावर भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि गाडी चल्न थालेका हुन् । राजमार्ग खुलेपछि  जिल्लाबाट छुट्ने र जिल्लामा  भित्रिने लामो तथा छोटो दूरीका सबै गाडी चल्न थालेका जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ  ।ठूलो पहिरो खसेका कारण पहिरो पन्छ्याउन लामो समय लागेको हो । तर अहिले जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । पहिरोले राष्ट्रिय प्रसारण लाईनको पोल र तारमा समेत क्षति पुगेको थियो । विद्युत सेवा भने अस्ति आइतवार बेलुकादेखि नै सञ्चालनमा आएको थियो  ।...
इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । गाजामा कम्तिमा ३५ जनाको ज्यान जाने गरी भएको बमबारीको एक दिनपछि इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ । उता जेनेभामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय अधिकार विज्ञहरूले इजरायलले गाजामा जारी राखेको "नरसंहार"का कारण उ अन्तरराष्ट्रिय समाजबाट बाहिरिने चेतावनी दिएका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने भ्रमणकालागि मंगलबार इजिप्ट पुग्दै हुनुहुन्छ । इजिप्टको तीन दिने भ्रमणको क्रममा ब्लिन्केनले गाजामा युद्धविरामकालागि जारी प्रयासहरूबारे छलफल गर्ने बताइएकोछ । इजिप्ट-गाजा सीमामा रहेको "फिलाडेल्फी करिडोर" इजरायली सेनाको नियन्त्रणमै रहने वा नरहने विषय वार्ताको एउटा महत्वपूर्ण मुद्दा बन्दै आएकोछ । इजरायलले गाजामा जारी राखेको युद्धमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् । गतवर्षको अक्टोबर ७ मा ह...
रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ । समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । ‘४० वटा सहकारीमध्ये एक ...
बझाङका पत्रकार बसन्त प्रताप सिंह सहित विभिन्न व्यक्ति राष्ट्रपतिद्वारा सम्मानित

बझाङका पत्रकार बसन्त प्रताप सिंह सहित विभिन्न व्यक्ति राष्ट्रपतिद्वारा सम्मानित

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा आज काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुभयो । राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, लाइभ देउडीया नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्त प्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्र बहादुर साउदलाई सम्मान गर्नुभयो । राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो ।...
नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
कञ्चनपुर : गुगुल्डि वाङमय प्रतिष्ठान, कञ्चनपुर तथा बुलन्दी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न भयेको छ। यही भाद्र २९गते शनिबारका दिन महेन्द्रनगरमा आयोजित सम्मेलनमा नेपाल तथा भारतका एक सय बढी साहित्यकारहरूको सहभागिता रहेको सम्मेलन गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता तथा सुप विश्वविद्यालयका डिन प्रा डा मुकुन्द कलौनीको प्रमुख मुकुन्द कलौनीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पञ्चमराज भट्टले डोटी तथा कुमाउको सास्कृतिक सम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोष्ठी सत्रमा ५दर्जन बढी कविहरूका रचना वाचन गरिएका थिए। कार्यक्रममा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि साहित्यिक मासिक पत्रिकाको इतिहास तथा योगदान एवम् नेपाल भारत साहित्यिक सम्मेलनको उद्देश्य प्रस्तुत गर्दै सहभागिहरूको स्...
सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी – साउन १ गते देखि नै कार्यान्वयमा आउनुपर्ने बजेट अझै ल्याउन नसकेको सुदूरपश्चिम सरकारले पुनः बजेट ल्याउने नयाँ मिति तोकेको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि बनेको नयाँ सरकारले पुनः बजेट ल्याउने मिति तोकेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जनाएको छ । पटक–पटक बजेट ल्याउने मिति तोक्दै आएको प्रदेश सरकारले यसअघि भदौ १०, भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने जनाएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले बजेट संवैधानिक र कानुनी प्रक्रियामा रहेर आउने बताए । उनले सदनको सम्मान गर्दै सदनमा पास भईसकेका प्राथमिकता, नीति र कार्यक...
पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनसन बस्ने

पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनसन बस्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
भदौ २४, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आज (मंगलबार) ४ बजेदेखि आमरण अनसन बस्ने बताएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको झण्डा नराखी प्रदेश सभा भवन अगाडि आमरण अनसन बस्ने बताएका हुन् । कार्कीले आफू मर्ने तर अनसन छोडेर नभाग्ने बताए । ‘मर्छु अनसनको बिचबाट छोडेर हिँड्दिन,’ उनले भने । उनले आफूले गरेको आमरण अनसनमा सबै दलले समर्थन गर्ने दाबी गरे । ‘कांग्रेसले पनि समर्थन गर्छ । माओवादीका साथीहरू, एमालेका साथीहरू, एकीकृत समाजवादी र जसपाका साथीहरू सबै आउन सक्नुहुन्छ,’ कार्कीले भने, ‘कांग्रेसको त नगरसभापति र जिल्लाको उपसभापति पत्रकार सम्मेलनमै आउनु भएको छ । प्रेस युनियनले पत्रकार सम्मेलन नै गरिहरेको छ । मैले उठाएको एजेण्डा जनताको एजेण्डा भएको कारण सबैले सहयोग गर्नुहुन्छ ।’ कतिपय आफ्ना समर्थकहरूले रिले अनसन, आमरण अनसन बस्छु भनेर प्रस्...
कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज