Advertisement

ट्रेन्डिङ

करिब दुई दशक बढी देखि बन्द भएको एर्पोटमा आज हवाई उडान परिक्षण

करिब दुई दशक बढी देखि बन्द भएको एर्पोटमा आज हवाई उडान परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको सुन्दर नगरी टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ । पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक खुशी भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिन सक्ने बताए । टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल...
हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं : सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि प्रहरी थुनामा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्योल छाएको छ । अनुसन्धानमा रहेका सभापतिको न्यायिक परीक्षणमा सहयोग गर्नुको साटो पार्टीका नेता तथा कार्यकर्ताहरू बचाउका लागि आन्दोलनमा उत्रिएका छन् । यसले पार्टीका गतिविधिदेखि जिम्मेवारी बाँडफाँटसम्मका काम अलपत्र छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रहेका लामिछानेको न्यायिक परीक्षण हुन बाँकी नै छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी भने कास्की पुगेर सभापतिको बचाउमा सडक आन्दोलनमै उत्रियो । अहिले कहिले चितवन त कहिले काठमाडौंमा कुनै न कुनै रूपमा उनीहरूले सडक आन्दोलन गरेको देखिन्छ । तर सांगठनिक रूपमा भने रास्वपा अन्योलमा द...
कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत फेला परेका छन् । ४५ वर्षीय रमेश बडायक र उहाँकी श्रीमती ४३ वर्षीया कमला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । मृतकको शरीर र टाउकोमा चोट भएकाले धारिलो हतियार प्रयोग भएको हुन सक्ने शङ्का गरिएको छ । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डाै – अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका 'ए' ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका 'ए' का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका 'ए' का आरिन नदकर्नीले ४ विकेट लिए । अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरि...
प्रधानमन्त्री ओलिका १०० दिन उपलब्धिविहिन

प्रधानमन्त्री ओलिका १०० दिन उपलब्धिविहिन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको भोलि एक सय दिन पुग्दैछ ।नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो । सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए । तर एक सय दिन हुँदासमेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन सकेको छैन । सरकार गठन हुनुअघि कांग्रेस र एमालेबीचको सहमतिसमेत कार्यान्वयनमा गएको छैन । प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् : अध्यक्ष दाहाल केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै केहिदिन सेयरबजारमा उत्साह देखियो । त्यसैलाई देखाएर सरकार निर्माण हुने वित्तिकै अर्थतन्त्रमा सुधारको संकेत देखिएको सरकारको दाबी थियो। तर त...
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।...
रबि लामिछानेलाई आज अदालतमा उपस्थिति गराइँदै

रबि लामिछानेलाई आज अदालतमा उपस्थिति गराइँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डाै – सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको हो । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्ति शुक्रवार बेलुकी काठमाण्डौबाट पक्राउ गरेर राति पोखरा लगेको थियो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारी ठगीको आरोप छ । लमिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको...
असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए

असोजमा श्रम स्वीकृति लिएर ५३ हजार ५ सय २५ जना विदेशिए

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् । यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।...
चितवनमा हिरासतमा रहेका एक थुनुवाको मृत्यु

चितवनमा हिरासतमा रहेका एक थुनुवाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
चितवन । चितवनमा आज बिहान हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।   आज बिहान ४ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय रत्ननगरस्थित टाँडीको हिरासतमा रहेका रत्ननगर-१३ बस्ने वर्ष ४५ को महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका हुन् । उनलाई त्यसपछि उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले बिहान ६ बजे क्यामोदिनलाई मृत घोषणा गरेको हो । आपराधिक मुद्दामा उनलाई कार्तिक १ गतेबाट ५ म्याद थप गरेर हिरासतमा राखिएको थियो ।...
लामिछानेमाथि सङ्गठित अपराध र कीर्तेमा पनि अनुसन्धान हुने, सांसद पद के हुन्छ ?

लामिछानेमाथि सङ्गठित अपराध र कीर्तेमा पनि अनुसन्धान हुने, सांसद पद के हुन्छ ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
फाइल फाेटाे काठमाण्डाै – सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले सङ्गठित अपराध र कीर्ते लिखतमा पनि अनुसन्धान गर्ने भएको छ । संसद्को सहकारी ठगी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले सहकारी ठगी र कीर्ते गरेको उल्लेख छ । समितिले प्रचलित कानूनअनुसार कारबाही अघि बढाउन भनेकाले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र कीर्ते लिखतमा अनुसन्धान हुने भएको हो । प्रहरीले यी तीनै कसूरमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने छ । पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानूनी प्रावधान भए पनि हिजो शुक्रवार पक्राउ परेकाले प्रहरीले रविलाई भोलि आइतवार मात्र अदालतमा उपस्थित गराउने छ । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ अनुमति पाएकाले ६...
रास्वपा सभापति रबिलाई पक्राउ पुर्जी जारि, लामिछाने भन्छन्, ´सरकार मर्यो´

रास्वपा सभापति रबिलाई पक्राउ पुर्जी जारि, लामिछाने भन्छन्, ´सरकार मर्यो´

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’ रास्वपा सभापति लामिछानेको स्टाटस...
डडेल्धुरा आरती हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

डडेल्धुरा आरती हत्या प्रकरण : पोस्टमार्टम रिपोर्टले के भन्छ ?

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डडेल्धुरामा मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका थिए। अहिले उनीमाथि थप अनुसन्धान जारी छ। प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट आइसकेको र थप रगत, कपाल तथा भेजाइनल स्वाव परीक्षणका लागि पठाइएको जनाएको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या भने आफूले गरेको स्वीकारेका छन्। पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल सञ्चालन गरिरहेका भण्डारीले पसलभित्रै किशोरीको शनिबार हत्या गरेको स्वीकार गरेका हुन्। आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गर्नुको कारण भने अझै नखुलेको बताइन्छ। तर स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज