Advertisement

११ सडकका ३० खण्ड अझै अवरुद्ध

Advertisement

काठमाडौँ —बाढीपहिरोले एक साताअघि क्षति पुर्‍याएका सडकमध्ये ११ वटाका ३० खण्डमा अझै यातायात सेवा अवरुद्ध छ । ४ सय २० स्थानमा एकतर्फी सवारीसाधन चलिरहेका छन् । सरकारले अवरुद्ध सडक खुलाउन प्रयास गरिरहे पनि अधिकांश खण्ड दसैंअघि नै सञ्चालनमा आउने सम्भावना देखिएको छैन ।

बाढीपहिरोका कारण चल्तीका सडक अवरुद्ध भएपछि आसपासका सडकमा सवारी चाप बढेको छ । बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्ड बाढीले बगाएपछि चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा, नौबिसे–पालुङ–हेटौंडा र नागढुंगा–मुग्लिन सडकमा सवारी चाप अत्यधिक बढेको छ । संघीय राजधानी ओहोरदोहोर गर्नेहरूले विकल्पका रूपमा यिनै सडक प्रयोग गरिरहेका छन् । दसैं सुरु भएसँगै उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या बढिरहेको छ । बीपी राजमार्ग तत्काल खुल्न नसक्ने भएकाले दसैंमा समेत यात्रुले सास्ती बेहोर्नुपर्ने देखिएको छ ।

गत साताको बाढीले बीपी राजमार्गको करिब १२ किलोमिटर खण्ड बगाएको थियो । बीपी राजमार्गमा फसेका गाडी निकाल्न डाइभर्सन गरेर सडक खुलाउने काम भइरहेको तर दसैंसम्म सडक तयार हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । ‘फूलपाती र अष्टमीमा पनि काम हुन सके सडक खुल्ने झिनो आशा छ,’ उनले भने । बीपी राजमार्गको विकल्पमा हेटौंडा, दोलखा, चितवन हुँदै जाने सडक प्रयोग गर्न उपयुक्त हुने शर्माले बताए ।

सचिव शर्माले राजधानी भित्रिने–बाहिरिने यात्रुका लागि ललितपुरको टीकाभैरव हुँदै जाने कान्ति लोकपथ पनि खुलाउने प्रयास भइरहेको बताए । ‘हेटौंडाबाट पहिरो पन्छाउने काम भएको छ, ललितपुरबाट वाग्मती जोड्ने पहुँच सडक बगाएकाले त्यसलाई बनाउन थप दुई दिन लाग्छ,’ उनले भने । शर्माका अनुसार वाग्मती प्रदेशसँगको समन्वयमा हेटौंडा–भीमफेदी–कुलेखानी फाखेल–फर्पिङ सडक पनि खुलाउने काम भइरहेको छ । उक्त सडक आइतबारसम्म खुल्ने उनको दाबी छ ।

बीपी राजमार्ग हुँदै गुड्ने ठूला सवारीसाधन नागढुंगा–मुग्लिन र सुमो, माइक्रो बस चन्द्रागिरि–चित्लाङ–कुन्छाल र नौबिसे–पालुङ सडक हुँदै हेटौंडा निस्कने गरेका छन् । पोखरा, चितवन हुँदै दक्षिण–पश्चिमतिर जाने सवारीसमेत गुड्ने हुनाले नागढुंगा–मुग्लिनमा अत्यधिक चाप छ । सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नै मुस्किल परिरहेको छ । ‘यो सडक भएर अहिले दैनिक २० हजारभन्दा बढी सवारीसाधन गुड्ने गरेका छन्,’ नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले भने, ‘सवारी चाप बढी भएकाले केही खण्डमा ट्राफिक जामको थोरै समस्या छ ।’

ओझाका अनुसार नागढुंगा–मलेखु खण्डअन्तर्गत फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुंगा सुरुङको मुख, खत्रीपौवा आसपासमा पहिरो खस्ने जोखिम छ । नागढुंगा–मलेखु खण्डअन्तर्गत महेश खोलामा केही सडक बगेको छ । कृष्णभीरमा करिब ५० मिटर सडक भासिएकाले एकतर्फी यातायात चलाइएको छ । नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले दसैंमा यस खण्डमा दुईतर्फी यातायात नचल्ने बताए । मलेखुदेखि मुग्लिनसम्मको खण्डमा रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीरमा पहिरोको जोखिम बढी छ । केही स्थानमा कच्ची सडक भएकाले सवारीसाधन चिप्लिने जोखिम पनि छ । ट्राफिक जाम छिचोलेर मुग्लिन हुँदै नारायणगढ र आँबुखैरेनी हुँदै पोखरातर्फ जान भने समस्या नभएको सडक विभागले जनाएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक पनि एक सातादेखि अवरुद्ध छ । डोडारेदेखि कुलेखानी बाँधसम्मको करिब ७ किलोमिटर बाटो बाढीले बगाएकाले यातायात ठप्प भएको हो । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने खण्ड शुक्रबार साँझ फेरि भासिएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लामो र ५ फिट चौडा सडक भासिएपछि मर्मत भइरहेको छ । यसअघि असोज १४ मा पनि खुर्सानी खोला क्षेत्रमै सडक भासिएको थियो । यस क्षेत्रमा एकातर्फ भीर र अर्कातर्फ पहाड भएकाले तत्कालै डाइभर्सन बनाउन समस्या छ । दाउन्नेमा सडक भासिएपछि पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा सवारीसाधन रोकेर सडक मर्मत गरिँदै आएको छ ।

बाढीले बीपी राजमार्ग र खुर्कोटको पुल बगाएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग र लामोसाँघु–जिरी सडकमा पनि सवारी चाप अत्यधिक बढेको छ । जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्राईका अनुसार बिहीबार ७ सय सवारीसाधनले यो रुट प्रयोग गरेकामा शुक्रबार एक हजारभन्दा बढी गाडी गुडे । ‘खोटाङ र भोजपुरका केही भेगका जिप पनि यही सडक भएर गुड्न थालेका छन्,’ उनले भने । मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटकले पनि यही रुट प्रयोग गरिरहेका छन् । कतिपय पर्यटकले भने लामोसाँघु–जिरी हुँदै सोलु–सल्लेरी सडक प्रयोग गरेका छन् ।

मध्यपहाडी र लामोसाँघु–जिरी सडकमा चाप बढेपछि सवारी जाँच र यात्रुको सहजताका लागि ठाउँठाउँमा ‘हेल्पडेस्क’ राख्ने तयारी थालिएको जिल्ला प्रहरी दोलखाका डीएसपी युवराज खड्काले बताए । उनका अनुसार चरिकोटको सातदोबाटो, जिरी र उत्तरी क्षेत्रको सिंगटीमा ‘हेल्प डेस्क’ स्थापना भइसकेको छ । बर्दिबासबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । दसैंमा घर फर्कने यात्रु बोकेका सवारीसाधनले मूलकोट नजिकै रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल, त्यसपछि खाँडादेवी गाउँपालिका मन्थली, मध्यपहाडी राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्ग भएर आउजाउ गरिरहेका छन् ।

नारायणगढ–बुटवल खण्ड विस्तार कार्य थालेको ६ वर्ष बित्दा पनि नसकिएकाले यात्रुले सास्ती खेप्दै आएका छन् । यो खण्ड भएर दैनिक २० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहर गर्छन् । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले खाल्डाखुल्डी पुरेर मंगलबारसम्ममा यातायातलाई सहज बनाउने प्रयास भइरहेको बताए ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा भने अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन नसक्दा यात्रु अलपत्र परेका छन् । गत बिहीबारको पहिरोले अवरुद्ध सडक खुलाउन नगरपालिकाले प्रयास गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बाहुनीडाँडाको कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनिको पहिरो पन्छाइए पनि त्यसभन्दा मुनि डौठेखोला माथिको पहिरो हटाउन नसक्दा सडक खुलेको छैन ।

बाढीपहिरोपछि मेची, भेडेटार–रवि–राँके, तमोर करिडोर, गाईघाट–महुरे–खार्पा–सोलु, अरनिको, त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रबेंसी– रसुवागढी, बुर्तिबाङ–ढोरपाटन सडकका पनि विभिन्न खण्ड अवरुद्ध छन् । चाडबाडमा काठमाडौंबाट छुट्ने यात्रुवाहक बस सडकको अवस्था हेरी सुरक्षित र परिस्थिति हेरी उज्यालोमै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाइएको छ ।

सडक विभागका अनुसार ३ सय ५८ स्थानमा दुईतर्फी यातायात सेवा सञ्चालनमा छ । ३० स्थानमा भने शुक्रवार साँझसम्म यातायात ठप्प छ । क्षतिको विवरण संकलन जारी रहे पनि प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र करिब साढे तीन अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।कान्तिपुर बाट साभर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज