Advertisement

ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

Advertisement

ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ

ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ ।

सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउन चेतावनी दिइएको खबरमा उल्लेख छ ।

यस्तै जापानपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ ।

ताइवानमा भूकम्प गएपछि फिलिपिन्समा  तटीय क्षेत्र खाली गर्न निर्देशन दिईएको हो । ताइवानको भूकम्पले गराएको क्षतिबारे भने खबर आउन बाँकी छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज