धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
जन्मोत्सवमा फजुल खर्च गर्नुभन्दा समाजसेवा तथा मानव धर्मलाई प्राथमिकता दिँदै खड्काले वडाका तीन वटा विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई कापी र कलमलगायत शैक्षिक सामग्री प्रदान गरेका हुन्।
खड्काले गौरीगंगा नगरपालिका–६ स्थित अमर माध्यमिक विद्यालय बनबेहडा, भैरव आधारभूत विद्यालय मोया र आनन्द आधारभूत विद्यालय दैदुवारीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको जानकारी दिए।
जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको खड्काले बताए।

