Advertisement

निर्वाचनमा पैसा खाने ५७ काँग्रेसीको सूची आलेले शाहलाई दिए

Advertisement

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी रकम बाँडिएको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेमगर ले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा ५७ जना काँग्रेसीलाई रकम दिएको दाबी गरिएको छ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नरनारायण शाह ले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै उक्त दाबी गरेका हुन्। उनका अनुसार आलेले आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावलीसमेत दिएको बताएका छन्। शाहले नेतृत्व तहकै केही नेताहरूले पनि आलेबाट रकम बुझेको दाबी गरे।
तर, उनले कस–कसले रकम बुझे भन्ने विषय भने सार्वजनिक गरेका छैनन्। नाम सार्वजनिक गरे पार्टीमै गम्भीर असर पर्ने भन्दै उनले विवरण गोप्य राखेको बताएका छन्। चुनावमा पैसाको चलखेलबारे सोधिएको प्रश्नमा शाहले आले स्वयंले काँग्रेसीहरूको सूची दिएको दाबी गरेका हुन्, तर कसले कति रकम लिएको भन्ने खुलाइएको छैन।
यो विषय बाहिरिएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। “रकम बुझ्ने काँग्रेसीहरू को–को हुन्?” भन्ने प्रश्न व्यापक रूपमा उठिरहेको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा आले सम्पर्कमा आएका छैनन्।
उक्त निर्वाचनमा नरनारायण शाह पराजित भएका थिए भने प्रेमबहादुर आलेमगर तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्द ३१ हजार ९ सय ५३ मतसहित विजयी भएका थिए। शाहले ११ हजार ९५८ मत प्राप्त गर्दा आलेले ७ हजार ८७६ मत पाएका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज