बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ पानकोटमा करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ घर भई विद्युत सम्बन्धि काम गर्ने २० वर्षीय अनिल रानाको मृत्यु भएको हो।
सोमवार राना विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेर घाईते भएका थिए। उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएको भएपनि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

