Advertisement

गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट

Advertisement

पोखरा, २१ माघ ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताउनुभएको छ ।

श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत नै गुरुकुल भएकाले यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

‘गुरुकुल  आशाका केन्द्र हुुन्। भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन्। गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो – ‘ पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेका छौं।’

आजको शिक्षा नीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने मागप्रति आफू सकारात्मक रहेको उहाँको भनाई छ ।

गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षानीतिसँग जोड्न अनिवार्य रहेको भन्दै उहाँले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति रहेको बताउनुभयो । जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको उहाँको भनाई छ ।

सांस्कृतिक, धार्मिक एवं पर्यटकीय नगरी पोखरामा फेवातालको उत्तरी तट बैदाममा अवस्थित श्री केदारेश्वर महादेव मन्दिर वि.सं. १९५० देखि १९६० को दशकमा स्वर्गद्वारी महाप्रभुका अनन्य शिष्य स्वामी शंकरा नन्दजीद्वारा स्थापित मन्दिर हो । स्थापनाकालदेखि नै जप, तप, ध्यान, साधनाको केन्द्रको रूपमा प्रसिद्ध यो मन्दिर आफ्नो भव्यता एवं दिव्यताले श्रद्धालुहरूका लागि आज पनि उत्तिकै आस्थाको थलोको रुपमा रहेको छ ।

यहाँ श्रावणमासमा बोलबम मेलालगायत वर्षभरिका विभिन्न चाडपर्वहरूमा विशेष उत्सवका साथ भगवद् आराधना गर्दै भक्तजनहरूमा आस्था, भक्ति, अभिवृद्धि गरिनुका साथै समय समयमा विशेष अनुष्ठानको माध्यमले सनातन संस्कृतिको प्रचारसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको विद्याश्रमले जनाएको छ ।

यहाँ नैतिक, चरित्रवान्, कर्मठ एवं इमान्दार नागरिक तयार पार्ने उद्देश्यका साथ अर्घाखाँची जन्म भई लामो समय काशी अध्ययन, अध्यापन गर्नुभई यो मन्दिर तथा गुरुकुललाई कर्मभूमि बनाई १० वर्ष अघिदेखि स्वामी चिद्घन चैतन्य डा. लेखनाथ आचार्यको संकल्पमा २०७३÷७४ देखि निःशुल्क आवासीय गुरुकुलको स्थापना गरिएको छ ।

यस विद्याश्रममा नेपाल सरकारको गुरुकुलीय पद्धति अनुसार दैनिक अंग्रेजी, सामाजिक, गणित, नेपाली, कम्युटर तथा संस्कृत तर्फ वेद, व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड ज्योतिष लगायत पुराण इतिहासको पनि अध्ययन भई रहेको र सांस्कृतिक भजन किर्तन पनि दैनिक रुपमा सञ्चालन भइरहेको छ । यो विद्याश्रममा भर्ना हुन र अध्ययनको लागि कुनै पनि शुल्क नलाग्ने आवास, शिक्षा, भोजन, पोशाक आदी सम्पूर्ण निःशुल्क व्यवस्था छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज