Advertisement

नागढुङा इन्चार्ज हिक्मत थापाको कमाण्डमा खैरो हेरोईनसहित ३ जना पक्राउ

Advertisement

काठमाडौँ, चन्द्रागिरी – चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोस्टमा प्रहरीको संयुक्त टोलीले खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको छ। माघ १० गते बिहान १२:२५ बजे काकडभिट्टादेखि काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस (प्र.१-०१-००६ ख ४७९६) मा चेकजाँच गर्दा १५० ग्राम खैरो हेरोईन जस्तो देखिने लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

नागढुंगा प्रहरी प्रभाग र लागू औषध नियन्त्रण ब्युरोको टोलीले बसको साइड  ए  को १३ नम्बर सिटमा सवार गोबिन्द बालालाई शंकास्पद रूपमा चेकजाँच गर्दा लुकाई छिपाई ल्याइएको लागू औषध फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उक्त लागू औषध रमन महर्जन र बिनोद तामाङले काठमाडौँ ल्याउन लगाएको गोबिन्द बालाले स्वीकार गरेका थिए।

प्रहरीले थप अनुसन्धानको क्रममा लागू औषध लिन बसेका रमन महर्जन र बिनोद तामाङलाई बा ५१ प ७५५८ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

नागढुंगा का प्रहरी  इन्चार्ज हिक्मत बहादुर थापाका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। उनले लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने बताए।

पक्राउ परेका व्यक्तिहरू:

१. गोबिन्द बाला (३७), भारत, उत्तर दिनेशपुर।

२. रमन महर्जन (२६), काठमाडौँ, चन्द्रागिरी नगरपालिका–११।

३. बिनोद तामाङ (३८), धादिङ, थाक्रे गाउँपालिका–११।

बरामद सामग्री:

१. १५० ग्राम खैरो हेरोईन जस्तो देखिने लागू औषध।

२. बा ५१ प ७५५८ नम्बरको रातो रंगको २२० सिसि पल्सर मोटरसाइकल।

पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज