काठमाडौं, २०८१ मंसिर ६ – नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईको २०औँ इकाइ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसमा अध्यक्ष पदमा श्री कोश राज अवस्थी विजयी हुनुभएको छ।
नव-निर्वाचित अध्यक्ष कोश राज अवस्थीले संघलाई अझ प्रभावकारी र व्यावसायिक बनाउनका लागि नयाँ कार्यसमिति दृढ संकल्पित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “औषधि तथा बिक्री प्रतिनिधिहरूको पेशागत हकहित संरक्षण र औषधि क्षेत्रलाई थप व्यवस्थित बनाउन मेरो प्रमुख प्राथमिकता रहनेछ। संघका सदस्यहरूको क्षमता अभिवृद्धि, रोजगारको अवसर विस्तार, र औषधि व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनका लागि संघले रणनीतिक कार्ययोजना अघि बढाउनेछ। सबै सदस्यहरूको साथ र सहयोगले हामीले यस क्षेत्रको विकासमा ठूलो योगदान दिन सक्नेछौं।”
संघको नयाँ कार्यसमिति यस प्रकार रहेको छ:
•अध्यक्ष: कोश राज अवस्थी
•वरिष्ठ उपाध्यक्ष: राजिव कुमार कर्ण
•उपाध्यक्ष: मनिश मल्लिक
•सचिव: बिनय रोक्का
•सहसचिव: राज कुमार ठाकुर र चक्र रिमाल
•कोषाध्यक्ष: सुदर्शन ढकाल
•सह-कोषाध्यक्ष: सम्झना कर्माचार्य
कार्यसमितिका कार्यकारी सदस्यहरू:
समीर जैसवाल, अतिश तिवारी, रञ्जित कुमार प्रसाद, अर्जुन सिलवाल, र आशिष चौलागाईं।
संघका सबै नव-निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै संघको आगामी गतिविधिमा उनीहरूले उत्कृष्ट नेतृत्व प्रदान गर्ने विश्वास लिइएको छ।

