बाईक किस्तामा किनिएकोले बैँककै नाममा भएर सरकारी नम्बर प्लेट लाउन नमिलेको वडाध्यक्षको दावी
बझाङ : बझाङको मष्टा गाउँपालीका वडा नम्बर १ र २ लाई स्थानीय सरकारले सवारीसाधन किन्न केही समय अगाडि बजेट छुट्टयाइएको थियाे । सरकारले छुट्टयाइएको बजेटले माेटरसाईकल किन्न नपुग्ने भए पछि वडाकार्यालयले किस्तामा रहने गरि सवारीसाधन खरिद गरेको स्रोतको दावी रहेको छ ।
स्थानीय सरकार मष्टा गाउँपालीकाले माेटरसाईकल किन्न छुट्टयाइएको बजेट अपुग भए पछि किस्ता तिर्ने गरि सिभिल बैक लिमिटेडकाे नाममा सवारीसाधन किनिएकाे वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र राेकायाले बताउनुभयो ।
अध्यक्ष राेकायाले भने ´आफ्नो वडामा माेटरसाईकल आवश्यक थियाे र माेटरसाईकल किन्न सबै बजेट नपुगेको भन्दै बाइक किस्तामा लिन बाध्य भएका हौँ` उहाले बताउनु भयाे । उनले फेरि थप्दै भन्नू भयाे ´मासिक किस्तामा पैशा तिर्ने गरेर लिएकाे र किस्तामा रहुन्जेल बाईक बैँककै नाममा हुनेभएकोले सो बाईकमा सरकारी नम्बर प्लेट हाल्न नमिलेको ह...



