Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 323 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

कैलालीमा भन्सार छलीका सामान बरामद

समाचार
धनगढी - कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको भजनी नगरपालिका-३ कर्मदेबघाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार ४ सय ४० मूल्य बराबरको चिनी, बिडी, सुर्ती,गुट्का लगायतका सामान बुधवार बरामद गरिएको हो । प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ...

एलपीएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

समाचार
धनगढी - कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्। समुह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समुह ’बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो।   आजको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित गर्यो।  जेएस स्पोर्ट्स–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले ७ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो।  क्रिकेट एक्सीलेन्स सेन्टरको लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए भने अर्जुन घर्तिले २२, राज कुमार शाहले २० तथा सचिन लेखकले १९ रन बनाए।  जेएस स्पोर्ट्स–११ का बलर साजन बिटालुले ३, विकास सुनारले २ तथा भरत बिस्ट...

बझाङमा ६ किलो लागूऔषधसहित दुई जना पक्राउ

समाचार
कैलाली - बझाङमा ६ किलोभन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । बुधबार दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन् ।  उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए । मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

कञ्चनपुरबाट एक लाख बढीको अवैध सामान बरामद

समाचार
कैलाली - कञ्चनपुरमा प्रहरीेले भन्सार छलीको अवैध सामान बरामद गरेको छ ।  जिल्लाको भीमदत्त नगरपालिका– ६ बनगाउँबाट भन्सार छलीका अन्दाजी करिव १ लाख ३५ हजार सात सय मुल्य बराबरका अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  प्रहरीका अनुसार बरामद गरेका पानी तान्ने हत्ता, पानी नल्का, प्लाष्टिक रसी, औषधी छर्ने मेसीन,  प्लास्टिक, साबुन, चिनी, सलाई लगायतका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।                               ...

डडेल्धुरामा जिप दुर्घटना, ८ जना घाइते  

समाचार
डडेल्धुरा - डडेल्धुरामा जिप दुर्घटना भएको छ ।  जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ। नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताए । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।...

सुदूरपश्चिमका सीमानाकामा सशस्त्रको सेवा डिजिटल बन्ने

समाचार
धनगढी - सुदूरपश्चिमका सीमानाकामा रहेका सशस्त्र प्रहरीले प्रदान गर्ने सेवा प्रविधिमैत्री हुने भएको छ । बढी आवतजावत हुने नाकाहरुमा सशस्त्रलाई प्रविधिमैत्री बनाइने भएको हो । बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डिआइजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण गरेका छन् । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको गड्डाचौकी नाकाका लागि १-१ थान प्रीन्टर र कम्प्युटर हस्तान्तरण गरिएको छ । सीमानाकाको तथ्यांक संकलन तथा अभिलेखिकरणका लागि मन्त्रालयले सफ्टवेयर निर्माण गरिरहेको जनाएको छ।...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

समाचार
कैलाली - बुधबार सुनको मूल्य पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेर एक लाख १६ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपियाँ कायम भएको छ । यसअघि मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपियाँले घटेर १४ सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसोत महासङ्घका अनुसार मङ्सिर १८ गतेयता सुन प्रतितोला पाँच हजार ६ रुपियाँ घटेको हो । मङ्सिर १८ गते छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १६ हजार रुपियाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा...

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलाम खेल्दै

समाचार
कैलाली – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् ।  खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ ।  ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ ।  यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्जको मात्र दुई अङ्क छ ।...

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने 

समाचार
धनगढी - धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ ।  धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० ल्याएर सोमबारदेखि नयाँ मापदण्ड लागू गरेको हो । सहरी विकास तथा भवन निर्माण मापदण्ड, बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड ‘क’ अनुसार नयाँ कार्यविधि बनाएर लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ । उक्त कार्यविधि अनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाइको पानीपिच गर्नुपर्ने व्यवस्था गरिएको छ । सडकको दुवैतर्फ पानी बग्ने गरी नगरले तोकेको मापदण्डअनुसार नाला निर्माण गरेको हुनुपर्ने कुरालाई समेत कार्यविधिले समेटेको छ । घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८.५ मिटर, घडेरीको लम्बाइ न्यूनतम...

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
कैलाली - बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-६ बागडा स्थित भिरबाट खसेर सोही ठाँउका ४८ वर्षीय दिपेन्द्र साउदको मंगलवार साँझ मृत्यु भएको हो । बत्थीबाट बाख्रा खरीद गरी ल्याउने क्रममा भिरबाट ६०/७० मिटर तल खसेर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  प्रहरी चौकी शिवलिङ्गबाट टोली खटिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।...

कैलालीको जोशीपुरमा पुस्तकालय भवन निर्माण  

समाचार
धनगढी - एन आई सी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिकामा पुस्तकालय भवन निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुस्तकालय भवन निर्माण गरिएको बैंकको धनगढी चौराहा शाखाले जनाएको छ । गाउँपालिकाको सहकार्यमा नवनिर्मित पुस्तकालय भवनको मंगलवार समुदघाट्न तथा हस्तान्तरण समेत गरिएको बैंकले जनाएको छ ।  जोशीपुर गाउँपालिकाको वडा नम्बर-१ स्थित श्री मोहन्याल माध्यामिक विद्यालयलाई एक समारोहकाबीच उक्त पुस्तकालय हस्तान्तरण गरिएको जनाएको छ ।...

स्थानीयले अवरोध गरेपछि प्रहरी घेरामा अभियन्ता ईः को प्रदर्शन

समाचार
धनगढी – फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् ।  स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उनका समर्थकहरुले हिजो प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए । ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ ।  अभियन्ता ईः र उनका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभइ व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज