धनगढी - बझाङको बित्थडचिरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को आयोजनामा शुक्रबार सुनकुडा माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा विद्यालयको प्राङ्गणमा र्याली निकालिएको हो ।
उक्त र्यालीमा हजारौं विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र पत्रकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । र्यालीमा विभिन्न किसिमका नारा प्लेकार्ड, ब्यानरसहित बजार परिक्रमा गरेर विद्यालयमा अनौपचारिक कार्यक्रम गरिएको हो ।
कार्यक्रम बित्थडचिर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष, हरिश्चन्द्र जोशीको अध्यक्षता र जिल्ला अदालतका न्यायाधीश, नन्दकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला अदालतका श्रेशदार, सुनकुडा ...