थलारा गाउँपालिका – ८ मा सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना सम्बन्धि तालिम सुरु
बझाङ : थलारा गाउँपालिकामा सुन्तलाजात फलफूल बगैचा पुर्नस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम सम्बन्धि तालिम सुरु भएको छ । वडा नम्बर ८ भित्रका किसानहरुको लागि आज विहीबारबाट उक्त तालिम सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय एवं बालि संरक्षण प्रयोगशालाको आयोजना तथा कृषि ज्ञान केन्द्र बझाङको समन्वयमा तीन दिने तालिम सञ्चालन भएको हो । सुन्तलाजात फलफूल बगैंचा कसरी स्थापना गर्ने र त्यसबाट आम्दानी कसरी लिन सकिन्छ लगाएका विषयमा सहभागीहरुलाई प्रशिक्षण गरिएको छ । आज पहिलो दिन कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले सहभागी कृषकहरुलाई प्रशिक्षण गर्दै फलफूल खेतीको लागि सम्भावनाले भरिएको उक्त ठाउँमा किसानहरूले लगानी गरेमा प्रतिफल राम्रो पाइने बताउनुभयो ।
विष्टले सुन्तलाजातका फलफूल बाटै किसानले लाखौं रकम कमाएका उदाहरण दिदै जि...


