Advertisement

हाम्रो बारेमा

आज गणेश चतुर्थी मनाईदै, के छ यस्को पौराणिक कुरा

आज गणेश चतुर्थी मनाईदै, के छ यस्को पौराणिक कुरा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौँ: भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा ...
बझाङमा चरेस सहित एकजना पक्राउ

बझाङमा चरेस सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
जिल्ला प्रहरी कार्यालय बझाङले लागुऔषध (चरेश) सहित एक जना पक्राउ गरेको छ । बुङगल नगरपालिका गिराैबाट बुङगल नगरपालिका बिजगडा बजार जाँदै गरेको अवस्थामा रैसल्ली बस्ने बर्ष अन्दाजी ४१ का उज्ज्वल जाग्रीलाई पक्राउ गरेको डिएसपी युवराज भण्डारीले बताउनु भयाे । लागू अाैषध चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरि पक्राउ गरेर जार्गीलाई जिल्ला प्रहरी कार्यालय ल्याएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनलाई मिति २०८१।०५।२१ गते राती अन्दाजी २३;०० बजेको समयमा पक्राउ गरेको हाे । जाग्री गिरौबाट बुङ्गल नगरपालिका ४ बिजगडाबजार तर्फ लैजादै गरेको अवस्थामा कालो कलरको झोला भित्र पहेंलो प्लाष्टीकको कट्टामा चरेश जस्तो देखिने कालो पदार्थ कट्टा सहित ९ किलो ४ सय ३९ ग्राम तौल बराबरको लागु औषध चरेश लुकाई छिपाई लैजादै गरेको अवस्थामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बाट खटिगएको प्र.नि.किशोर जोशीको कम...
आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ। यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए। उनले भने, 'बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको छ, राजनीतिक समझदारीको विषय भएकाले यही भदौ २५ गतेभित्र बजेट आउँछ भन्ने छ।' नयाँ सरकारका प्राथमिकतालाई सम्बोधन गर्नेगरी परिमार्जन गरेर बजेट ल्याउने तयारी भइरहेको जनाइएको छ। बजेट तयारीसँगै विनियोजन विधेयक र आर्थिक विधेयक परिमार्जनका विषयमा छलफल भइरहेको छ। बजेट कार्यक्रमका सिद्धान्त, नीति, प्राथमिकता भने यसअघिकै सरकारका पालामा प्रदेशसभाबाट पारित भइसकेकाले त्यसैमा टेकेर अर्को बजेट ल्याउन लागिएको हो। निवर्तमान मुख्यमन्त्री दीर्घबह...
आज हरितालिका तिज मनाईदै

आज हरितालिका तिज मनाईदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं ।  भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताए। ‘सक्नेले निराहार, नसक्न...
कोशी देखि कर्णाली प्रदेशसम्म भारी वर्षाको सम्भावना

कोशी देखि कर्णाली प्रदेशसम्म भारी वर्षाको सम्भावना

ताजा अपडेट
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी ...
कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै लगेको छ। गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्दै लगेको हो। विज्ञापन प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ। नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको थियो। २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन्। उनले भनिन्, ‘हामीले तीन दिनदेखि नियमित बजार अनुगमन गर्दै आएका छौ। केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेका छन्। हामीले अहिले जफत गरेका छैनौ। सुरुमा एक ...
बलात्कार को आरोप मा एक स्वास्थ चौकी प्रमुख पक्राउ ।

बलात्कार को आरोप मा एक स्वास्थ चौकी प्रमुख पक्राउ ।

Breaking News 1, घटना, दैनिक, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी : बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको  सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी छन्। ३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै  जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।  धामीले विभिन्न प्रलोभनमा पारी पटक-पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको  आरोप छ। पीडित युवती  अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ। पक्राउ पर्ने धामी विवाहित रहेका छन्। पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ  गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न

बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न

Breaking News 1, Breaking News 2, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीकामा जिल्ला सम्मेलन सुरुभएकाे थियाे । जिल्ला भरिका अखिल (क्रान्तिकारी) मा आवद्ध युवाहरुकाे भेलाबाट जिल्ला समिति गठन गरिएको हाे । आठौं जिल्ला सम्मेलनमा माअाेवादी केन्द्रका नेताहरु उपस्थिति थिए भने अखिल क्रान्तिकारीले निर्विरोध जिल्ला कमिटी गठन गरेको नेतृ रुमला जार्गीले बताउनु भयाे । आज सर्वसम्मत निर्वाचित समितिमा अध्यक्ष बम बहादुर धामी ,उपाध्यक्ष हिमाल खड्का ,उपाध्यक्ष गिता रोकाया सचिव राम ब बिक ,सह-सचिव बबिता जोशी सहसचिव निखिल सार्की ,कोषाध्यक्षमा अंजना बि.कसहित ४५ सदस्य जिल्ला समिति गठन गरिएको माअाेवादीकी नेतृ रुमला जार्गीले बताउनु भयाे ।...
सुदूरपश्चिमेलि नेपाली समाज जोहोरबारु मलेसियाद्वारा गौरा विशेष कार्यक्रम सम्पन्न

सुदूरपश्चिमेलि नेपाली समाज जोहोरबारु मलेसियाद्वारा गौरा विशेष कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
मलेसिया :सुदूरपश्चिम प्रदेशको महान चाँडको अवसरमा सुदूरपश्चिमेलि नेपाली समाज जोहोबारु मलेसियाद्वारा गौरा विशेष कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमको भाषा, कला संस्कृतिको जगेर्ना र सो भाषा कला साहित्यको प्रचारप्रसार गर्ने हेतुले सुदूरपश्चिमेलि नेपाली समाज जोहोबारुद्वारा आईतवार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोक देउडा गायक सुनिल नेपाली सहित अन्य स्थानीय कलाकारले सुदूरपश्चिमको भाषा कला र साहित्यको अन्तर्राष्ट्रिय तवरमा प्रचारप्रसार हुने भाका गाएर मनोरञ्जन दिएको सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सचिव कपिल बहादुर बोहराले जानकारी दिनुभयो । सचिव वोहराले सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गर्ने हरेक कार्यक्रममा बिगत देखि नै मलेसियामा क्रियासिल विभिन्न संघ-संस्था, राजनितिक दल तथा व्यवसायीक हरुबाट धेरै माया र सपोर्ट पाएको समेत बताउनुभयो । मलेसियाको राजधानी क्वालालम्पुर देखि करिब ...
बालेनले फेसबुकबाट हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस

बालेनले फेसबुकबाट हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस

समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए। ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दि...
चालु आर्थिक वर्षका लागि बजेट नभएको ‘सुदूरपश्चिम’ प्रदेश

चालु आर्थिक वर्षका लागि बजेट नभएको ‘सुदूरपश्चिम’ प्रदेश

कैलाली, दैनिक, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा छ।चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत बजेट विहिनताको अवस्था अन्त्य हुन सकेको छैन्। समयमा बजेट पास नहूँदा अहिले सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेको हो। राजनीतिक खिचातानी र सत्ता स्वार्थको सिकार प्रदेशको बजेट बन्न पुगेको छ।   सत्तामा पुग्ने र सत्ता ढाल्ने खेलमा प्रदेश सभा सदस्यहरु लाग्दा बजेट नै नभएको प्रदेश सुदूरपश्चिम बन्न पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पास भइसकेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट निर्माण हुने व्यवस्था छ। नीति तथा कार्यक्रम पास हुने तर बजेट पास नहुँने अनौठो अभ्यास सुदूरपश्चिममा देखा परेको छ।   असार १ गते प्रदेश सभामा पेस गरिएको बजेट पास नहुँनुमा तत्कालिन सत्ता पक्ष र विपक्ष दुबैको उत्तिकै दोष देखिएको छ। बजेट पास गर्ने पर्याप्त समय हुँदाहुँदै पनि सत्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज