Advertisement

हाम्रो बारेमा

कैलाली जिल्लाका दुई स्थानमा भएका आगलागी घटनामा लाखौँ रुपैयाँको क्षति

कैलाली जिल्लाका दुई स्थानमा भएका आगलागी घटनामा लाखौँ रुपैयाँको क्षति

समाचार
धनगढी, चैत्र १५ – धनगढी उपमहानगरपालिका–३ मा सञ्चालित विवेक फिड इन्डष्ट्रिज प्रा.लि. मा आज दिउँसो १:०० बजे पानी बोइलर मेशिनबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना भएलगत्तै अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी टोली खटिएको थियो। दमकल तथा स्थानीयको सहयोगमा १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट उद्योगको मेसिन तथा १ ट्रक बराबरको दाउरा जलेर करिब १६/१७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तर, कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। यस्तै, भजनी नगरपालिका–७ पृथ्विपुर गौडीमा बेलुका ५:०० बजे मटरु यादवको कच्ची भान्साबाट हावाका कारण आगलागी भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पृथ्विपुर र भजनीबाट प्रहरी टोली परिचालित भएको थियो। हावाका कारण आगो आसपासका ४/५ वटा कच्ची गोठ र गहुँबारीमा समेत फैलिएको छ। हालसम्म मानवीय तथा चौपाया क्षति ...
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

समाचार
काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले अहिले  ४:२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको हो ।
तीनकुने क्षेत्रमा घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्वराजा शाहलाई जिम्मेवार ठहर गर्ने सरकारको तयारी

तीनकुने क्षेत्रमा घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्वराजा शाहलाई जिम्मेवार ठहर गर्ने सरकारको तयारी

समाचार
काठमाडौं- सरकारले आज काठमाडौैको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ । तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको छ । घटनाबारे जानकारी लिएका एक मन्त्रीले भने–आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी,लुटपाट,प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह हुन् ।सरकारले सम्भवतः राजनीतिक दलहरुसँग समेत छलफल गरेर उनलाई कानूनी कारवाही...
तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादीमाथि प्रहरीले लाठी चार्ज गरेको छ। आज राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीमाथि प्रहरी लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो। तर राजावादीहरू निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि तनावको अवस्था सुरू भएको हो।...
कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास

कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास

समाचार
कञ्चनपुर- कञ्चनपुरमा भिड नियन्त्रण (व्यवस्थापन) सम्बन्धी अध्यास गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा सो अभ्यास गरेका हुन । शुक्रबार बिहान भीमदत्त नगरपालिकाको खुला मञ्चमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले संयुक्त रुपमा आयोजना गर्दै भीड नियन्त्रण सम्बन्धी डेमो अभ्यास सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल रहेका थिए । उक्त अभ्यास जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टको उपस्थितिमा गरिएको थियो ।भिड नियन्त्रण तथा आपत्कालीन परिस्थितिमा दुवै सुरक्षा निकायको समन्वयात्मक क्षमताको परीक्षण तथा सुधार गर्ने उद्देश्यले आयोजित अभ्यासमा नेपाल प्रहरीका ३५ जना र सशस्त्र प्रहरी बलका ३५ जना गरी ७...
म्यानमारमा ७ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

म्यानमारमा ७ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

समाचार
म्यानमार- म्यानमारमा शुक्रबार दिउँसो ७ दशमलब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएकाे बताएका छन् । स्थानीय समय अनुसार दिउँसो १ः३० बजे भूकम्प गएको हो । तत्काल कुनै क्षति वा हताहतको खबर आएको छैन । भूकम्प यति शक्तिशाली थियो कि केही अग्लो उचाइमा भूकम्पले हल्लाउँदा तालबाट पानी बाहिर निस्किएको थियो । यस भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु मध्य म्यानमारको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा थियो । गृहयुद्धको बिचमा रहेको म्यानमारमा भूकम्पको प्रभावको तत्काल कुनै रिपोर्ट आएको छैन । रासस/एपी...
बाजुराकी रङ्गीलाई ८९ वर्षको उमेरमा नागरिकता  प्रदान

बाजुराकी रङ्गीलाई ८९ वर्षको उमेरमा नागरिकता प्रदान

समाचार
धनगढी- बाजुरामा रङ्गी नेपालीलाई ८९ वर्षको उमेरमा नागरिकता प्रदान गरिएको छ । जिल्लाको बूढीगङ्गा नगरपालिका–८ की नेपालीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बिहीबार नेपाली नागरिकता प्रदान गरेका हुन् । उनलाई पहिल्यैदेखि नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण  नसकिएको वडाअध्यक्ष रमेश रावलले बताए । वडाध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनले नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए । नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन् । आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन् । ‘वडाध्यक्षकै कारण मैले आज नागरिकता पाएँ’, नेपालीले भनिन् । उनको श्रीमान् बितेको २२ वर्ष भए पनि हालसम्म क...
काठमाडौंमा गणतन्त्रवादी र राजावादीले आज शक्ति प्रदर्शन गर्दै

काठमाडौंमा गणतन्त्रवादी र राजावादीले आज शक्ति प्रदर्शन गर्दै

समाचार
काठमाडौँ- आज काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ । भद्रकालीमा कमान्ड सेन्टर, ...
कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

समाचार
धनगढी- कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् बेलौरी नगरपालिका-६ नेपाल भारत सिमा इलाकाको बैशाखा स्थित छोटी भन्सार कार्यालयको चेक प्वाईन्टमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा सोही नगरपालिकाको हात्तीबोझा बस्ने २३ वर्षीय रोहीत पन्त खैरो हेरोइनसहित पक्राउ परेका हुन्। पन्तलाई ५३ दशमलव ९८ ग्राम लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको छ।...
आज कोशी तथा गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

आज कोशी तथा गण्डकीमा चट्याङसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी

समाचार
काठमाडौं- पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको सम्भावना छ । राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
काभ्रेपलाञ्चोकमा सातौं ब्याचको स्कुल नर्स तालिम सम्पन्न

काभ्रेपलाञ्चोकमा सातौं ब्याचको स्कुल नर्स तालिम सम्पन्न

समाचार
काभ्रेपलाञ्चोकमा स्कुल नर्स तालिमको सातौं ब्याच कार्यक्रम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवाको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल (हियर नेपाल ) द्वारा सञ्चालित उक्त तालिम सम्पन्न भएको हो । दिनसम्म चलेको तालिममा विद्यालय स्वास्थ्य सेवाका लागि आवश्यक ज्ञान, सीप र व्यवहारिक पक्षहरू बारे व्यापक प्रशिक्षण दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक रहनु भएको थियो । । उनलेे विद्यालयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, तालिमले विद्यालय नर्सहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उनलेे विद्यालय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारी निकाय, विद्यालय प्रशासन, नर्सहरू र सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका थिए । तालिमका विशेष अतिथि ...
महिला शाखाद्वारा ७ दिने सीप बिकास तालिम सञ्चालन

महिला शाखाद्वारा ७ दिने सीप बिकास तालिम सञ्चालन

समाचार
बझाङको जयपृथ्वी नगरपालिकाको महिला बिकास शाखाले ७ दिने सीप बिकास तालिम सञ्चालन गरेको छ । शाखाले १३ गते देखि नगरपालिकाकाे सभाहलमा महिलाहशरका लागि सीप विकास तालिम सञ्चालन गरिएको हो । नगर भित्रका ११ वटा वडाबाट २२ जना महिला सहभागी महिलाहरू सहभागी रहेका छन । एकल दलित सहित न्यून बर्गका महिलालाई आत्मनिर्भर बनाउने हेतुले चुरा,पाेते,औंठी,टप बनाउने तालिम सञ्चालन गरिएको जनाइएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज