कैलालीको बर्दगोरियामा सडक पानी पिच गरिँदै
कैलाली - कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सडक पानी पिचको कार्य सुरु भएको छ ।
मंगलबारबाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८०/०८१ को पानी पिच निर्माण गर्नको लागि बजेट विनियोजन गरेको थियो भने उक्त कार्य सहजरुपमा समाधान गर्नको लागि समिति बनाइएको छ ।
समितिका अध्यक्ष भोज बहादुर सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँर र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम कृष्ण चौधरी रहेका थिए ।
गाउँपालिका अध्यक्ष कुवँरले भने, "जनतालाई सहज होस् भनेर हामीले पानी पिच सुरु गरेका हौं । हामी सबै मिलेर बनाउदा काम गर्नलाई सहज हुन्छ । जनतालाई सडकको छेउमा गाई, गोरु जस्ता जनावर र ढुङ्गा, बालुवा र इट्टा जस्तालाई सडकको छेउमा...


