Advertisement

हाम्रो बारेमा

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार
कैलाली - अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...

दुई सय २६ जना सशस्त्र जवानको बढुवा सिफारिस

समाचार
काठमाडौं - सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ ।  बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो । सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।...

कैलालीमा असहायका लागि सहारा घर निर्माण गरिँदै

समाचार
धनगढी - कैलालीमा मानसिक रोगी तथा असहायका लागि व्यवस्थित सहारा घर निर्माण गरिँदै छ। बर्दगोरिया गाउँपालिका–२ बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो।  कैलाली जिल्लाका विभिन्न सडकमा अलपत्र असहाय र मानसिक रोगी राख्न राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपियाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो। ...

इराक र सिरियामा अमेरिकाको आक्रमण : ६ जनाको मृत्यु

समाचार
एजेन्सी - अमेरिकी सेनाले इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा आक्रमण शुरु गरेको छ।  आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही शुरु गरेको हो।  जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए। केही घाइते भएका थिए। त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिने प्रतिक्रिया दिएको थियो।  साथै अमेरिकी संसदको प्रतिपक्षी दल रिपब्लिकन पार्टीले इरानमै आक्रमण गर्न सरकारलाई दबाब दिएको थियो।  अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको एजेन्सीले जनाएका छन्। आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको बताइएको छ।...

डडेल्धुराका भट्ट विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा मनोनयन 

समाचार
धनगढी - विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा प्रेम प्रसाद भट्ट मनोनयन भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ स्थायी घर भइ हाल धनगढीमा रहेर व्यवसाय गरिरहेका भट्टलाई बिहीबार केन्द्रिय सदस्यमा मनोनयन गरिएको हो । राष्ट्र, राष्ट्रियता, मानवता र विश्व शान्तिको लागि मन, वचन र कर्मले योगदान गर्छु भन्ने सोच भएका व्यक्तिलाई संघमा आबद्ध गराइने विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् । बिहीबार प्रेम प्रसाद भट्टलाई पूर्ण समर्पणका साथ महत्वपूर्ण योगदानको अपेक्षा गर्दै विश्व हिन्दु युवा संघमा आबद्ध गरिएको अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताए । सनातन, हिन्दु धर्म प्रति आस्था रहेको र धर्म र मानवताको क्षेत्रमा काम गरिरहेको विश्व हिन्दु युवा संघमा आफू पनि आवद्ध हुँदा गर्व महसुस भएको प्रेम प्रसाद भट्टले बताएका छन् । डडेल्धुराको रुपाल स्थायी बसोबास भएका भट्ट ध...

कांग्रेस संसदीय दलको बैठक बस्दै

समाचार
काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ ।  बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए । बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।...

बाजुरा आउँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते

समाचार
काठमाडौं - पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।  घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले दुर्घटनाबारे जानकारी दिँदै भने, ‘‘बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते हुनुभएको छ । ६ जना डिस्चार्ज भइसक्नु भएको छ । अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस हुनुहुन्छ । उहाँको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ ।’ घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम...
नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

कैलाली, मुख्य समाचार, राजनीति
कैलाली :नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाईकैलाली जिल्ला क्षेत्र ४ (१) मा नेपाली काङ्ग्रेस ले प्रबक्ता मा दिपक बैडला लाई चयन गरेको छ । उहाँ बर्तमान गौरिगङ्गा नपा वार्ड ५ का वडा सदस्य पनि हुन उहाँ लामो समय देखि राजनीति मात्र नभएर सामाजिक सेवामा समर्पित ब्याक्ती हुन उन्ले दस बर्ष गाबिस को कर्म चारिको भुमिका खेल्दै गत चुनाव मा वडा बाट सदस्य मा बिजय भएका ३४ बर्षिए बडैला नेपाली काङ्ग्रेस मा निकै लामो समय देखि सकृय हुन । उनी बर्तमान क्षेत्र ४ का संघीय सान्सद बिर बहादुर बलायर का नजिकै का पात्र पनि मानिन्छन । उहाको राजनीति अनि समाज प्रती को सकृयता देखेर उहालाइ प्रबक्ता मा जिम्मेवारी दिएको क्षेतृय सभापति ले बताएका छन...

धनगढीमा जारी ‘सिसिएस प्लस टु’को फाइनल समिकरण पुरा

समाचार
धनगढी - धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।  बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको सेमि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटवल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफुलाई उभ्याएको छ ।  प्रतियोगिताको सेमि फाइनल पुगेको त्रिनगर माध्यमिक विद्यालयले भने फाइनल चरणको खेल बाटै बाहिरिनु परेको छ । आजै सम्पन्न प्रतियोगिताको दोश्रो फाइनल चरणको खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुलले धनगढीको एलायन्स इन्टरनेश्नल स्कुललाई ४–१ गोल अन्तरले हरा...

गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी फाइनलमा

समाचार
काठमाडौं - त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए । आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।  जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६.४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटि...

केएमसीमा आयोजित नमुना संसद अभ्यास [फोटोफिचर]

समाचार
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा मंगलबार र बुधबार केएमसी डिबेट क्लबले आयोजना गरेको संसदिय नमुना बहस सम्पन्न भएको छ । डिबेट क्लबका संयोजक गणेश खत्रीको संयोजकत्व र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्राध्यापक ठाकुर प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा उक्त दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।  विद्यार्थीहरुलाई वादविवादको भिन्न तथा नवीन तरिका र सांसदको भुमिका, कामबार्वाही, कार्यशैली, कानून निर्माण प्रक्रिया, विधेयक प्रस्तुत लगायतका विषयबारे जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।  उक्त नमुना संसदिय अभ्यास कार्यक्रममा ६२ जना विद्यार्थीहरु  सहभागी भएका थिए । विद्यार्थीहरुलाई संसदमा हुने संसदीय ढाँचामा सत्तापक्ष र प्रतिपक्षका मुख्य भुमिकामा अभ्यास गराइएको थियो । कार्यक्रममा स्ववियुका अध्यक्ष यमराज जोशी लगायतका पदाधिकारी र विद्यार्थी संगठनका ...

आज सुनको भाउ पाँच सयले बढ्यो

समाचार
काठमाण्डौं – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढेको छ ।  आज सुनको भाउ तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ ।  हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँ पुगेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज