केआईआईटीमा मृत भेटिएकी लम्सालको न्यायका लागी नेपाली जनसम्पर्क समिति भारत द्वारा बेंगलोरको फ्रिडम पार्कमा बिरोध प्रदसन गरिने
बेंगलोर - भारतको भुवनेश्वर,ओडिसा स्थित कलिङ्गा इन्स्टिट्यूट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी) बिश्वबिद्यालयको होस्टलमा नेपाली बिधार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भयको घटना र त्यसपछि नेपाली बिधार्थीलाई होस्टलबाट बलपूर्वक बाध्य र अपमान गर्दै घर जानलाई निष्कासित गरेको अमानवीय घटनाको घोर भत्सना गर्नको लागी बेंगलोरको फ्रिडम पार्कमा शान्तिपूर्ण बिरोध प्रर्दशन गर्ने नेपाली जनसम्पर्क समिति भारत तथा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति आमन्त्रित सदस्य दिपक कुमार झा ले एक बिज्ञेप्ति निकाल्दै जानकारी दिएका छन।
उनले भने हामी सम्पूर्ण नेपाली समाज सम्बंधित निकाए र दुबै देशको सरकार संग यस दु:खद घटनाको उच्चस्तरीय जाच र बिधार्थीको सुरक्षाको प्रत्याभूति दिलाउन पहल गरिरहेका छौ। अनुसन्धानमा भयको ढिलाई नेपाली बिधार्थी माथि गरिएको दुर्व्यवहार र बिश्वबिद्यालयको निणार्यक कार्बाही गर्न असफल भयको...












