Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 302 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै 

समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।...

धनगढीको शैलेश्वरी स्कुलद्वारा दन्त शिविर आयोजना 

समाचार
धनगढी - कैलालीको धनगढीमा रहेको शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुलले दुई दिने निःशुल्क दन्त शिविर सुरु गरेको छ ।  विद्यालयले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै श्रीनगर डेन्टल हस्पिटलसँग सहकार्य गरेर बिहिबार र शुक्रबार उक्त शिविरको आयोजना गरिएको विद्यालयका संस्थापक प्रधानाध्यापक जगन्नाथ जोराले बताए ।  श्रीनगर डेन्टलका सञ्चालक बीडीएस डाक्टर प्रेम प्रसाद रेग्मी र बीडीएस डाक्टर एलिना क्षेत्री लगायतको टोलीले नेतृत्व गरेको शिविरमा आज ७५० जना विद्यार्थी र  १५० जना अभिभावकले दन्त परीक्षण गरेको विद्यालयका प्रधानाध्यापक जोराले बताए ।...

सरकारले रोक्यो रुस र युक्रेनका लागि श्रम स्वीकृति

समाचार
काठमाण्डाैं – सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।  रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले आज बिहीवार एउटा सूचना निकालेर यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेकाे जनाएको हो । पछिल्लो समय रुस–युक्रेनबीचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीकाे ज्यान गएको खबर आइरहेका छन् । रुसी फौजमा भर्ना भएका १० जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ ।...

सुदूरपश्चिमका मुख्यमन्त्री शाह जिल्ला भ्रमणमा

समाचार
बैतडी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश विकासे योजनाको निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्किएका छन् ।  प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग भेटघाट गर्ने क्रममा मुख्यमन्त्री बिहीबार बैतडी पुगेका हुन् । बिहीबार गोठालापानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रदेशको विकास निर्माणको अवस्था बुझ्न पहिलो चरणमा दार्चुला, बैतडी र डडेलधुराको भ्रमणमा निस्किएको बताए ।  प्रदेश सरकार नागरिकसँग भेटघाट गर्न जिल्लामै पुगेको छ । पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण हुने उनले बताए ।...

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि १० अर्ब अनुदान दिने

समाचार
काठमाडौं - भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।  बिहीवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा  दुई देशका बीचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरुप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो।  सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिए।...

धनगढीमा ‘सिङ्गल’हरुका लागि म्यारिज ब्युरो

समाचार
धनगढी - कैलालीको धनगढीमा म्यारिज ब्युरो खुलेको छ । धनगढीमा फारवेष्ट म्यारिज ब्युरो सञ्चालन गरिएको हो । “राम्रो जीवनसाथी खोज्ने हाम्रो जिम्मेवारी, विश्वास र गोपनियता हाम्रो प्रतिबद्धता’ नारासहित धनगढीमै पहिलो पटक म्यारिज ब्युरो खुलेको छ ।  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ मा सञ्चालन आएको म्यारिज ब्युरोले युवा–युवतीहरूलाई परामर्शसमेत दिने बताएको छ ।  फारवेष्टमार्फत जीवनसाथी खोज्न चाहानेहरूले आफ्नो विवरण, जीवनसाथी सम्बन्धी अपेक्षा र संस्थासँगको सम्झौता पेस गर्नुपर्ने छ । फारवेष्टले जीवनसाथीका लागि विवरण दिनेछ । फारवेष्टले फेसबुक तथा ह्वाटसेवमार्फतसमेत सेवा दिने बताएको छ ।...

बझाङबाट छुटेको बस बाँकेमा दुर्घटना हुँदा १४ जना घाइते 

समाचार
धनगढी - बझाङबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको राप्तिसोनारी–२ मुगुवा खोला नजिक बिहीवार सुदुरपश्चिम प्रदेश ०१००१ ख ३४१४ नम्बरको बस र ना ५ ख ७४०८ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाइते भएका छन् । बसका सहचालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ क १९ वर्षीय अनिल भट्ट, कैलालीको गोदावरी नगरपालिका–६ का ६४ वर्षीय नवराज कठायत र सोही ठाउँका ६२ वर्षीया लीलादेवी कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै, बैतडीको भुवनेश्वर गाउँपालिका–८ का ३२ वर्षीय लक्ष्मण विष्ट, डोटीको पूर्विचौकी गाउँपालिका–१ का ४८ वर्षीया मीनादेवी उपाध्याय, बझाङको खप्तडछान्ना गाउँपालिका–६ का ३८ वर्षीया जानकी नेपाली, सोही ठाउँका ४० वर्षीय सञ्जीव नेपाली, दुर्गाथली गाउँपालिका–५ का २४ वर्षीय नवीन मोर, छबिसपाथीभेरा गा...

धनगढीमा ‘मून लाईट’ सञ्चालनमा

समाचार
धनगढी - धनगढी लब्ली चोकमा ‘मून लाईट’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ। धनगढी ५ लब्ली चोकमा जंगबहादुर बोगटीले मुन लाईट रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।   तालिम प्राप्त कर्मचारीबाट ताजा र स्वच्छ सेवा ‘मून लाईट’ ले दिने बोगटीले बताएका छन् । विभिन्न नास्ताका परिकारहरुका लागि त्यस क्षेत्रकै उत्कृष्ट रेष्टुरेन्ट ‘मून लाईट’ रहेको उनले बताए ।...

धनगढीमा ब्राउन सुगरसहित दुई महिला पक्राउ

समाचार
धनगढी - धनगढीमा ब्राउन सुगरसहित दुई महिला पक्राउ परेकी छिन् । बुधवार त्रिनगर प्रहरी चौकीको टोलीले २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्टलाई पक्राउ गरेको हो । प्रहरीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरू मध्ये रिया बिष्टको साथबाट खैरो हिरोईन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बिष्टको साथबाट दुई सय ग्राम खैरो हिरोईन बरामद भएको बताए । दुबैजनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।...

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

समाचार
काठमाडौं - नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ । दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने छन् । शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किने छन् ।...

बालकुमारीमा घटना : अछामका शाहको परिवारलाई चौरपाटीद्वारा डेढ लाख राहत 

समाचार
अछाम - बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन् । गाउँपालिकाले बिहीवार शोक मनाउने र सार्वजनिक विदा दिनेसमेत निर्णय गरेको छ ।  बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए । उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।...

देउडा गीत `दुःखी मन´ सार्वजनिक 

समाचार
धनगढी - दिपकराज जोशी र राम पाण्डेको लय शब्दमा गायक तथा कलाकार अमृत नाथ र कृतिका कार्कीको अभिनय रहेको देउडा गीत दुःखी मन सार्वजनिक भएको छ ।  दिपक राज जोशी र गौरी ओझाको आवाज रहेको देउडा गीतमा सुदूरपश्चिमको भाषाकला र संस्कृति झल्किने प्रस्तुति रहेको छ ।  पछिल्लो समय रोजगारीको लागि देश बाहिर जानुपर्ने बाध्यता समेत सो गीतमा छर्लङ्ग रुपमा देखाएको छ । घरपरिवार पाल्न र साहूको ऋण तिर्न मात्रै धौधौ हुने गरेको परिस्थितिसमेत यो गीतमा देखाइएको छ ।  उक्त गीत अमृतनाथ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । दर्शकको माया ममता र साथ सहयोगले यो गीत पनि बजारमा ल्याउन सफल भएको कलाकार नाथले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज