Advertisement

हाम्रो बारेमा

रोकिएन सीमापारिबाट हुने तस्करी

समाचार
नेपालगन्ज - सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ ।   नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन ।  खुला सिमाना भएका कारण पूर्ण रूपमा तस्करी नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । सिमाना नजिक नेपालगन्ज १५ निवासी साहिल खानले प्रहरी प्रशासनले आफ्नो काम निरन्तर गरिरहे पनि तस्करी भने जारी नै रहेको बताए । प्रायः दैनिकजसो भारतबाट अवैध रूपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण वागेश्वरी बाँके र मातहतका युनिटहरूले पछिल्लो पटक फेरि २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरी बाँकेका सूचना अधिकारी...

डडेल्धुराको भागेश्वर गाउँपालिकालाई सदरमुकाम तोक्न सकस

समाचार
डडेलधुरा - भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ ।  मुकामको नै टुङ्गो लगाउन नसक्ने पालिकाका जनप्रतिनिधिले अरू विकासका काम कसरी गर्न सक्लान् र भनेर स्थानीयले चर्काे आलोचना गरेका छन् ।  तत्कालीन तीन वटा गाउँ विकास समिति बगरकोट, भागेश्वर र रुपाललाई गाभेर भागेश्वर गाउँपालिका स्थापना गरिएको थियो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि भागेश्वर गाउँपालिका–४ मा परेको बगरकोटलाई नै अस्थायी मुकाम बनाई हालसम्म कार्यसम्पादन गरिँदै आएको छ ।  विसं २०७५ पुस १३ गते तत्कालीन गाउँ सभाले गाउँपालिकाको मुकाम तीन वटै गाउँपालिकाको सिमाना जोडिएको क्षेत्र टप्वा वा गुवाडीमा तोक्ने निर्णय भएको स्थानीय दीपक महताले बताए ।  सोही विषयमा भएको एक छलफल कार्यक्रममा व...

ईपीएस परीक्षा दैनिक पाँच सिफ्ट

समाचार
काठमाडौँ - वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ ।  दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि ईपीएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।  ईपीएस शाखा र कोरिया मानव संसाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।  ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।  शाखाका अनुसार इपिएस अन्तर्गत लिइने भाषा परीक्षा समयमा...

त्रिशूलीमा खस्यो भारतीय गाडी

समाचार
मुग्लिङ - नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मगलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ ।  मुग्लिनबाट नारायणगढ तर्फ आउदै गरेको विआर ०९ जिसी१४३० नम्बरको बलेरो विहान करिब ४ः४० मा त्रिशूलीमा खसेको ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।  सिङ्गल क्याबिन भएको बलेरो भए पनि त्यसमा मानिस नभेटिएको उहाँले जनाउनुभयो । त्रिशूली नदी भित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई आएपछि  प्रहरीले गोताखोर लगाएर पानी भित्र गाडीको पहिचान गरेको बताइएको छ ।  इच्छाकामना  ५ मुग्लिङ नारायणगढ सडक खण्डको तिन नम्बर पुल नजिक सडकबाट ८०र८५ मिटर तल त्रिशूली नदीमा बलेरो खसेको हो । नारायणगढमा बसेको बिपद व्यवस्थापनको डुङ्गा सहितको टोली र सशस्त्र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको टोली अहिले घटना स्थलमा खोजी कार्य जारी राखेको छ ।...

गोदावरी धाममा मकर मेला, भक्तजनको घुँइचो 

समाचार
धनगढी - कैलालीको गोदावरी धाममा भक्तजनको घुँइचो लागेको छ।  आज मकर मेला अर्थात माघी संक्रान्तिको अवसरमा गोदावरीधाममा दर्शनार्थीको घुँइचो लागेको हो। दर्शनार्थीहरुले गोदावरी धाममा स्नान, पूजा पाठ यज्ञ अनुष्ठान, विवाह व्रतबन्ध, पुराण परायण ,लक्ष्य हवन लगाएतका धार्मिक कार्यहरु गर्ने गर्छन्।  धार्मिक परम्परा अनुसार माघको पहिलो दिन नजिकको तलाउ कुण्ड मा गएर स्नान गर्ने प्रचलन रहेको छ। गोदावरीमा माघ महिनामा स्नान गर्ने भक्तजनहरुका लागि स्नान कुण्डसहित अन्य धार्मिक संरचनाहरु बनाइएको छ।  गोदावरी धाममा रातिदेखि  नै स्नान तथा दर्शन गर्ने भत्तजनहरुको भिड लागेको छ। ...

मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन

समाचार
काठमाडौं - काठमाडौंवासीका घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिएको छ ।  मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो । मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्‍याउन थालिएको हो । बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो ।...

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका-५ बनदेबीबाट ०.४९ ग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु शार्कीसहित ३ जना आइतबार राति पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।...

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज धुर्मुस,सुन्तलीको प्रस्तुति रहने

समाचार
धनगढी - अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को प्रस्तुति रहने भएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।  जस्मा टेक बोगटी, टेक बिसी, आस्मा भण्डारी र सौगात ओझा रहेका छन् । लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।  माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।...

सुदूरपश्चिममा नयाँ डीआइजी केसीले सम्हाले कार्यभार

समाचार
धनगढी - प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ हाकिम एवं ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार सम्हालेका छन्।  केसीले आइतबार पदभार सम्हालेका हुन्। सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको सरुवा भएपछि केसी यहाँ आएका हुन्। ऊनी आइतबार नै कार्यालयमा हाजिर भएका थिए। उनले यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका छन्।...

कञ्चनपुरमा अवैध रूपमा रूख काट्ने अध्यक्षसहित २ जना पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा सामुदायिक वनमा अवैध रुपमा रुख कटानी गरेकाे आराेपमा वनका अध्यक्षसहित दुई जनालाई पक्राउ गरिएकाे छ । कृष्णपुर नगरपालिका–२ वाणीकाे गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी गरेकाे आराेपमा वनका अध्यक्ष धनीराम चौधरीलाई पक्राउ गरिएको छ । रुख कटानीमा संलग्न रहेको भन्दै अध्यक्ष धनीराम र नारायण चौधरीलाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त  प्रमुख कालीराम चौधरीले बताए । वनभित्र काटिएका रुख समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।...

दार्चुलामा एक पुरुष मृत फेला 

समाचार
दार्चुला - दार्चुलामा ३२ वर्षीय एक पुरुष मृत फेला परेका छन्।  जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका शेरबहादुर बडाल मृत फेला परेका हुन्। बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ...

सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ । पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ । पुसको अन्तिम साँझ पकाएका खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरेर ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने गरिन्छ । धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज