Advertisement

हाम्रो बारेमा

सुदूरपश्चिममा कुष्ठरोगको जोखिम कायमै

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगको जोखिम अझै कायमै रहेको छ।  ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि एक भन्दा बढी कुष्ठरोगी रहेका कारणले यो कुष्ठरोगको जोखिम कायमै रहेको हो । समाजभित्र अझै पनि कुष्ठरोगी लुकेर रहेकाले तिनको खोजपड्ताल गर्न र कुष्ठरोगलाई शून्यमा झार्न सबैको सहयोग आवश्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।  कुष्ठरोगीलाई अझै पनि हेला गर्ने परिपाटी कायम रहेकाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको डा. जोशीको भनाइ थियो ।  ८८ पालिका रहेको सुदूरपश्चिममा ५० भन्दा र २० भन्दा बढी बिरामी एक÷एक पालिकामा रहेका छन् । यस्तै, ११ देखि २० बिरामी दुई पालिकामा, पाँचदेखि १० बिरामी आठ पालिकामा, एकदेखि चार बिरामी ३३ पालिकामा रहेका छन्। ४३ पालिकामा भने कुष्ठरोगको शून्य केस रहेको जनाइएको छ।  आर्थिक वर्ष २०७९/८० मा...

शिक्षासँग नाता जोड्दै धनगढीको ‘साइनो एजुकेशन’

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका-१ हसनपुर, 'TCN' चोकमा रहेको  साइनो एजुकेसन एक वर्ष भित्रै शिक्षासँग नाता जोड्न सफल भएको छ। खुलेको छोटो समयमै साइनोले आफ्नो उष्कृटता देखाउँदै आएको छ। सुदूरपश्चिममै राम्रो पढाइको वातावरण उपलब्ध गराउने उद्देश्यले युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीले सञ्चालनमा ल्याइएको साइनो एजुकेशनमा बिद्यार्थीहरुको निक्कै चहलपहल देख्न सकिन्छ। साइनोले भाषा कक्षाहरुलाई विशेष जोड दिँदै जापानीज, कोरियन, अङ्ग्रेजी लगायत भाषाहरू पढाउँदै आइरहेको छ ।यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई उचित परामर्श र सत्य सूचना दिँदै IELTS/PTE का पनि उत्कृष्ट कक्षाहरू संचालन गरेको छ। साइनोमा कक्षा लिन थालेपछि आफ्नो पढाइमा सुधार भइरहेको साइनोमा अध्ययनरत विद्यार्थीले बताएका छन्। त्यहाँ अध्ययनरत विद्यार्थका अनुसार साइनोमा विषय शिक्षकको कमी नभएको र राम्रो गुणस्तरमा पढाइ हुने बताए...

अत्तरियामा दोहोरी साँझको विवाद : मृत्यु प्रकरणको अनुसन्धान गर्न टोली परिचालन

समाचार
धनगढी - कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटिएको छ । गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको जानकारी दिए । केसीका अनुसार विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सकेको छ । विज्ञ टोलीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ । २५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएक...

ओली र सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुनबीच शिष्टाचार भेट

समाचार
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायानको टोलीले आज शिष्टाचार भेट गरेको छ ।   नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उनिहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्धलगायत विषयमा कुराकानी भएको भेटमा सहभागी एमाले परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले जानकारी दिए । भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।...
बझाङमा विद्युतिय गाडी सञ्चालन

बझाङमा विद्युतिय गाडी सञ्चालन

बझाङ, मुख्य समाचार
बझाङ : बझाङको बित्थडचिर गाउँपालिका–८ बागथलामा चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । शुक्रबारदेखि बागथलामा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा आएको हो। यो बझाङ जिल्लाकै पहिलो चार्जिङ स्टेशन हो। यसअघि जिल्लाका कुनै पनि स्थानमा चार्ज स्टेशन थिएनन्। पछिल्लो समय विद्युतीय कारको लोकप्रियता बढ्दै गएकाले बागथलामा एउटा पनि चार्ज स्टेशन नभएकाले सबैको यात्रालाई सहज बनाउन स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक सुरेन्द्र मल्लले बताए। उनका अनुसार एक चोटीमा एउटा गाडी मात्र चार्ज हुनेछ । फुल चार्ज हुन ४० देखि ५० मिनेट लाग्ने उनको भनाइ छ। सञ्चालक मल्लले चार्जिड स्टेशन खोल्न विद्युत् प्राधिकरणको सहयोगले गर्दा सम्भव भएकाले प्राधिकरणलाई विशेष धन्यवाद समेत दिए। यो चार्जिङ स्टेशन सीजी मोटर्सको आधिकारिक बिक्रेता सुदूरपश्चिमको ब्रम मोटर्स प्रालि बोराडाँडी कैलालीद्वारा सञ्चालित हो।...
क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः गैरआवासीय नेपाली संघ

क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः गैरआवासीय नेपाली संघ

समाचार
धनगढी: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले प्रविधि र विभिन्न कुरामा विशेषज्ञता हासिल गरेको जनाउँदै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले उनीहरुले हासिल गरेको विशेषज्ञताबारे जानकारीका लागि सहकार्य गर्ने बताउनुभयो । “यहाँ आएर उनीहरुले आफूले सिकेको प्रविधिबारे जानकारी गराउन सक्ने छन्” उहाँले भन्नुभयो । एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष केसीले बताउनुभयो । कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौं बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको...
बझाङ एमाले अधिवेशन पार्टी सचिवमा सिँहकाे चर्चा 

बझाङ एमाले अधिवेशन पार्टी सचिवमा सिँहकाे चर्चा 

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
बझाङ : एमाले अधिवेशन पार्टी सचिवमा लाेकेन्द्र बहादुर सिँह एलवीकाे चर्चा चलेको छ ।  नेकपा एमालेकाे बझाङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमालेका चर्चित युवा नेता लाेकेन्द्र बहादुर सिँहकाे सचिवमा उम्मेदवारी दिने भए पछि सिँहलाई जिताउन चर्चा चलेको स्राेतकाे भनाइ छ ।  नेकपा एमाले बझाङ जिल्लाको ८ औं जिल्ला अधिबेशन  आउन अब अब केही दिनमात्र बाकी छ । नजिकिदै गर्दा  नेता सिँहकाे सचिवमा उम्मेदवारी भए पछि उहाँलाई विजयी गराउनु पर्ने एमाले भित्र चर्चा चलेको एमालेका एक नेताले बताए ।  सिँह नेकपा एमालेमा निखारिएर ग्रासरुढमा खटिनेमा पर्दछन ।  विध्यार्थी जीवन दखि नै राजनीति सुरु गरेका लाेकेन्द्र अहिले सचिवमा उम्मेदवारी दिने मनस्थितिमा देखिन्छन ।   जिल्ला अधिबेशन नजिकिदै गर्दा एल बि  एउटा नेपाल कम्युनिष्ट पार्टी एमालेको एक सच्चा  इमानदारी कार्यकर्ताको ...

राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा सत्ता गठबन्धनका १८ जना विजयी

समाचार
काठमाण्डाैं – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी भइन् । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई हराए । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका हुन् । तर गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार कार्कीले पराजित गरिन् । कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ । यस्तै मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएकी छिन् । बाग्मतीमा सत्...

कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित

समाचार
सुर्खेत - राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित भएका छन् । विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् । अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् । रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका...

अयोध्याको राम मन्दिरमा एकै दिन ३ करोड भारुभन्दा धेरै दान

समाचार
एजेन्सी - भारतकाे अयोध्यामा श्रीराम मन्दिर सर्वसाधारणका लागि खुलेको पहिलो दिन नै तीन करोड भारुभन्दा धेरै दान सङ्कलन भएको छ । मन्दिर उद्घाटन भएको अर्कोे दिन ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । गएको मङ्गलवार ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न भएको थियो । बुधवारदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरेसँगै भीड बढेको छ । पहिलो दिन पाँच लाख जना भक्तजन पुगेका थिए । उनीहरूले अनलाइनमार्फत तीन करोड १७ लाख भारु दान गरेका बीबीसी हिन्दीले जनाएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० वटा काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत तीन करोडभन्दा धेरै चन्दा प्राप्त भएको बताएका छन् ।...

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

समाचार
विराटनगर - नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर  निर्वाचित भएका हुन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए । सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो । प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।...

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

समाचार
कैलाली - राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।  महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।  अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए । ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज